४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु

बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ४ बाँकेका ३६ वर्षीय पुरुषको शुक्रबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या आएपछि बिहीबार नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार दिउँसो साढे १ बजेतिर अस्पतालमै उनको मृत्यु भएको हो ।  

यस्तै बर्दिया, गुलरिया नगरपालिका वडा नम्बर १ निवासी ५४ वर्षीय पुरुषको पनि मेडिकल कलेजमा मृत्यु भएको छ। बैशाख १५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका उनको शुक्रबार दिउँसो साढे १ बजेतिर मृत्यु भएको हो।

यसैगरी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय पुरुषको होम आईसोलेसनमा मृत्यु भएको छ । बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको ती व्यक्तिको शुक्रबार दिउँसो साढे १२ बजेतिर मृत्यु भएको हो।  

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएको छ। बैशाख ५ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएका उनी लामो समयसम्म होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार दिउँसो साढे १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलाको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १४ गते बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि बिहीबार अस्पताल भर्ना भएकी उनको शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको शुक्रबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो। बैशाख १४ गते पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै कैलाली, गोदावरी नगरपालिका वडा नम्बर ११ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बैशाख १४ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका वडा नम्बर ७ निवासी ४७ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ र बाहिरी जिल्लाको मृतक संख्या १ सय १४ पुगेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

प्रकाशित: १७ वैशाख २०७८ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App