२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रहरीविरुद्धको मुद्दामा बहस सुरु

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।

चिन्तनले भने– ‘मलाई सञ्चो छैन, बयान दिन सक्दिनँ’

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनले अदालतमा बयान दिन इन्कार गरेका छन्। चिन्तनसहित अर्का अभियुक्त बद्री थापालाई प्रहरीले सोमबार अदालतमा हाजिर गराएको थियो।

३ करोड ३५ लाख ठगीमा गोपालविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीन करोड ३५ लाख ठगीको गरेको अभियोगमा गोपाल शिवाकोटी चिन्तनसहित चार जनलाई मुद्दा दर्ता गरेको छ। वरिष्ठ अधिवक्ता चिन्तन त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक हुन्।

निर्मला हत्या प्रकरण: मुद्दा परेपछि एसपी विष्ट र जिसी सम्पर्क बिहिन

निर्मला हत्या प्रकरणमा तत्कालिन कंचनपुर प्रहरीका प्रमुख एसपी डिल्ली बिष्ट सहित ८ जना बिरुद्ध अदालतमा सरकारी वकिलको कार्यालयवाट मुद्दा दर्ता गरिएको छ। डिएसपी ज्ञानबहादुर सेठी सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् भने एसपी बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसी सम्पर्क बिहिन छन्।

‘विप्लव’ विरुद्ध मुद्दा दायर, गाउँपालिकाको गाडीमा आगजनी

रोल्पाको गंगादेव गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्किङ गरिराखेको भे १ च २७८५ नम्बरको बोलेरो जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। गाउँपालिकाले उक्त गाडी भाडामा लिएर अध्यक्ष खत्रीले प्रयोग गर्दै आएका थिए। आगोले गाडी पूर्णरूपमा क्षति भएको छ। घटनाको अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।

नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी शिक्षक बनेका दिनेशकुमार पाल भेडिहरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। उनले उत्तिम नवआदर्श प्राथमिक विद्यालय, बारामा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

पक्राउ आदेश पर्खंदै सुरक्षा निकाय

मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्।

द्वन्द्वकालीन मुद्दा ‘हेर्दाहेर्दै’मा

सर्वोच्च अदालतमा २०६९ सालदेखि विचाराधीन सशस्त्र द्वन्द्वसँग सम्बन्धित मुद्दा बुधबार पनि टुंगिन सकेन। नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटालगायत विरुद्धको द्वन्द्वकालीन मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा जारी छ। सुनुवाइ नसकिएपछि बुधबार उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सडक नखन्न अन्तरिम आदेश

खोटाङ जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म रुम्दु–पिप्ले–फोक्सिङटार सडक निर्माण रोक्न अन्तरिम आदेश दिएको छ। खेत तथा सामुदायिक वनलाई असर पुग्ने गरी खोटेहाङ गाउँपालिका–७, लिच्कीराम्चेस्थित रुम्दु–पिप्ले–फोक्सिङटार सडक निर्माण भइरहेको भन्दै निषेधाज्ञाका लागि मुद्दा परेपछि अदालतले यस्तो आदेश दिएको हो।

रेडियो नेपालका लेखा अधिकृतलाई मुद्दा

काठमाडौं, फागुन ६ (नागरिक)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सिंहदरबार काठमाडौंका तत्कालिन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध भ्रष्टचारको मुद्दा चलाएको छ। समिति (रेडियो नेपाल)को लेखा अधिकृत महत्तराले ७ लाख ४० हजार ५ सय २५ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीबिवद्ध मुद्दा चलाएको हो।

पाठकलाई मुद्दा चलाऊ

महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो।

पाठकविरुद्ध मुद्दा चलाउने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ। आयोगका आयुक्तहरूको आइतबार बसेको बोर्ड बैठकले नेपाल इन्जिनियरिङ कलेजसँग ७८ लाख घुस लिएको आरोपमा विवादमा परेका निवर्तमान आयुक्त पाठकविरुद्ध मुद्दा चलाउने तयारी गरे पनि त्यसबारे औपचारिक जानकारी दिन भने अख्तियारले आनाकानी गरेको छ।

आदित्य ट्रेडलाई ३६ करोड मागदावी सहित मुद्दा

राजस्व अनुसन्धान विभागले गैर कर विजक जारी गरी राजस्व चुहावट गरेको र विदेशी विनिमय अपचलन गरेको आरोपमा आदित्य ट्रेड सप्लायर्सका संचालक अमित कुमार सहनीलाई विगो र जरिवाना सहित ३६ करोड एक लाख रुपैयाँ मागदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरा गरेको छ।

अमेरिकी सरकारविरुद्ध नेपालीद्वारा मुद्दा दायर, ह्वाइट हाउस अगाडि प्रदर्शन

नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको अदालतमा अमेरिकी सरकारविरुद्ध केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले संयुक्त रुपमा विपक्षी बनाई मुद्दा दायर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्