८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओली रणनीति शक्ति सञ्चय

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

‘भगवान राम पनि भारतीय होइनन् अयोध्या पनि भारतीयको होइन’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतल अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाई छ ।

तर्साएरै टिक्ने ओली चाल

पार्टी एकता जोगाउँदै सबैलाई मिलाएर अघि बढ्ने वा आफ्नो स्वार्थ पूरा गर्न जनादेशको अपमान गरेर मुलुकलाई भड्खालोमा हाल्ने दुई विकल्प ओलीसामु छन्।

ओली अडान यथावत्, दाहाल प्रतिरक्षामा

ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पार्टीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेका छन्।

प्रधानमन्त्रीसँग नवगठित एमालेका नेताको पुरानो साइनो

नवगठित एमालेका पदाधिकारी निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका केही नेतासँग निकट रहेको बुझिएको छ। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुअघि प्रधानमन्त्रीसँग एमालेका उपाध्यक्ष, सचिवलगायत नेताको साइनो रहेको फोटो सामाजिक सञ्जालमा देख्न पाइन्छ।

शीतल निवासबाट फर्किए पछि प्रधानमन्त्रीले गरे मन्त्रीहरूसंग छलफल

राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।

नेकपा विवाद: बल ओलीको ‘कोर्ट’मा

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले अपनाउने रणनीतिमा भर पर्ने निष्कर्ष खुमलटार भेलाले निकालेको छ।

असंवैधानिक अभ्यासको खतरा

प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा चलिरहेको संघीय संसद् अधिवेशन एक्कासि अन्त्य भएपछि कानुनका जानकार पनि तर्सिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेपछि कानुनका जानकार सम्भावित राजनीतिक दुर्घटना हुन सक्ने भन्दै तर्सिएका हुन्। एकाएक संसद् अधिवेशन अन्त्य गरिएपछि प्रधानमन्त्री ओली संविधानले दिएका कार्यकारी अधिकार प्रयोग गरी गलत बाटोमा जाने हुन कि भन्ने आशंका उत्पन्न भएको छ।

ओली हिँड्ने अबको बाटो

मधेसी दल विभाजन गर्न ल्याइएको र पछि फिर्ता गरिएको अध्यादेश फेरि जारी गराउनतिर ओली लाग्ने सम्भावना उत्तिकै छ। पार्टी केन्द्रीय कमिटी वा संसदीय दलका ४० प्रतिशत सदस्यको हस्ताक्षरले दल विभाजन हुन सक्ने प्रावधानलाई अझ सजिलो पार्न ३० प्रतिशतमा झार्न सक्ने सम्भावनासमेत छ।

मुटु जँचाउन प्रधानमन्त्री ओली गंगालाल ह्दयरोग केन्द्रमा

प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली आजै निवास फर्कने छन् । कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोलीले उनको स्वास्थ्य परिक्षण गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

प्रधानमन्त्रीको भनाइ गैरराजनीतिक: कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन भारत लागिपरेको भन्ने प्रधानमन्त्रीको धारणा आपत्तिजनक भएको बताएको छ।

प्रधानमन्त्रीले दिएकाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।

प्रधानमन्त्रीबाट दुई विधेयक पारितका लागि प्रस्ताव गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक पारितका लागि प्रस्ताव गर्ने भएका छन् । उनले आज राष्ट्रिय सभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

नक्सा छाप्दा हटाउने खेल भयो: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्