१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लोकप्रिय बन्दै माछापुच्छ्रे ट्रेकिङ(फोटो फिचर)

माछापुच्छ्रे आधार शिविरको ट्रेकिङ लोकप्रिय बन्दै गएको छ । यो ठाउँबाट अन्नपूर्ण हिमश्रृंखलाको मुख्य हिमाल अन्नपूर्णको पश्चिम खण्ड, हिउँचुली, अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे लगायतका हिमाल अवलोकन गर्न सकिन्छ।

उपचार ढिलाइले बन्दै छ भयङ्कर

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागबाहिर असोज २२ गते बिहान ११ बज्दा नबज्दै ठूलो भिडभाड जम्मा भयो । क्यान्सर भएर केमोथेरापी उपचार लिइरहेका बिरामी चिकित्सकलाई भेट्न जम्मा भएका थिए । झट्ट हेर्दा एक दिनको भिड हो कि जस्तो लाग्छ तर यहाँ मात्रै होइन हरेक क्यान्सर अस्पतालमा यस्तो भिड अचेल दिनदिनै बढ्न थालेको छ ।सोही भिडमा भेटिए कैलाली बौनिया लोहागढका सुरेश भुल ।

भक्तपुर एमाले कार्यालयमा तालाबन्दी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनावश्यक आशंकाको बन्दी

संघ र प्रदेश सभाको निर्वाचनका लागि पहिलो चरणको उम्मेदवारी मनोनयन भइसके पनि निर्वाचन हुन्छ वा हुँदैन भनेर नेपाली बौद्धिक जगत् बहस चलाइरहेको छ।

दलहरूले बुझाए अन्तिम बन्दसूची

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनसहित आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । आइतबार राति अबेरसम्म पनि दलका नेता तथा उनका सहयोगीहरू आयोगका कोठाकोठा बसेर बन्दसूची सच्याउने काममा व्यस्त थिए । यसले दलहरूको समयमै काम नगर्ने पारा फेरि एकपटक उदांगो भएको छ।

फेसन बन्दै हाकुपटासी

भक्तपुरकी १७ वर्षीया मीना सुवाललाई नयाँ डिजाइनका लुगाभन्दा पुरानो नेवारी पहिरन हाकुपटासी लाउने सोख पलाएको छ । अचेल विभिन्न डिजाइनका मनोहर लुगा आए पनि भोज र मन्दिर जाने बेला हाकुपटासी नै लगाउन मन लाग्ने उनी बताउँछिन् । त्यसैले त उनले यस पटकको दसैँमा आफ्ना लागि नयाँ हाकुपटासी किनेकी छन् । धेरैजसो नेवारी चार्डपर्वका बेला उनले हाकुपटासी नै लगाउने गरेको उनी बताउँछिन् ।

प्राविधिकतर्फ आकर्षित बन्दै विद्यार्थी

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । सिभिल इन्जिनियरिङ, फरेष्टर, कृषि जेटिए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, व्युटिसिएन, मोबाइल रिपेयरिङलगायत प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढेको हो । सिटिइभीटीको सम्वन्धनमा २०७१ सालदेखि प्राविधिक शिक्षाको पठन–पाठन सुरु गरेको एक मात्र दिक्तेल प्राविधिक कलेजमा पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको चाप बढेको छ । अध्यायन पूरा गरेलगत्तै रोजगारी पाइने तथा तराईका प्राविधिक शिक्षालयमा भन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले दिक्तेल प्राविधिक कलेजमा छोटो समयमै विद्यार्थीको चाप बढ्दै गएको कलेजका प्रिन्सिपल सिताराम राईले बताए।

प्रभावकारी बन्दै बीमा कार्यक्रम

सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन्।

सिंहपुर पर्यटकीय गाउँ बन्दै

थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।

जाजरकोट दरवार जीर्ण बन्दै

ऐतिहासिक जाजरकोट दरवार जीर्ण बन्दै गएको छ । दुई सय ५० वर्षअघि गोरखाका राजा पृथ्वीनारायण शाहका मीत हरि शाहले निर्माण गरेको जाजरकोट दरवार कला र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

भरुवा बन्दुकसहित एक पक्राउ

पाँचथरको फालेलुङ गाँउपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फालेलु–२ का रामप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दुक रहेको सूचनाको आधारमा प्रहरीले घरमा खोजतलास गरेको थियो ।

बन्दसूचीका बेथिति

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न आमनिर्वाचन प्रयोजनका निम्ति बन्दसूची बुझाउने क्रममा देखिएको दलहरूको भद्रगोललाई सामान्य प्राविधिक त्रुटिको अर्थमा मात्र लिन सकिँदैन ।

सुन्दर कर्णाली कुरूप बन्दै

तिला गाउँपालिका–४ की गौरी सुनार एक दशक अघिसम्म गाउँका चारैतिर खानेपानीको मुहान हँुदा निकै सुख हुने गरेको अनुभव सुनाउँछिन्। उनलाई आफू सानै छँदा आमाबावुले दुई घन्टामै जंगलवाट दाउरा र स्याउला ल्याएको पनि उत्तिकै सम्झना छ । पहिला वनको काम सकाएर घरको काम सहजै रूपमा सकिने गरेकोमा अहिले भने जंगलमा दाउरा स्याउला लिन जाँदा न्यूनतम ४ देखि ५ घन्टासम्म हिँड्नु परेको दुःख पोख्छिन् । वनको काममा टाढा जाँदा असुरक्षा बढ्नुका साथै कार्यवोझ पनि निकै बढेको छ।

३१ वर्षिय कुर्ज अस्ट्रियाका राष्ट्रप्रमुख बन्दै

अस्ट्रियामा भएको आम निर्वाचनमा पिपुल्स पार्टी विजयीको नजिक पुगेको छ। यो भन्दा महत्वपूर्ण उक्त पार्टीको नेतृत्व ३१ वर्षका युवा सेवस्टियन कुर्जले गरेका छन्।

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्