१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

इतिहास बन्दै चङ्गा

काठमाडौँको असनमा ४१ वर्षदेखि चङ्गा पसल गर्दै आएका अनिल श्रेष्ठले कुनै समय एक सिजनमा ५० लाखसम्मको चङ्गा व्यापार गर्थे । चङ्गा व्यापारी श्रेष्ठका अनुसार पाँच वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री हुन्थ्यो । अहिले भने त्यस्तो छैन । पहिला यही चङ्गा व्यापारबाट यी तीन महिनामा ५० लाख हाराहारीमा व्यापार हुन्थ्यो तर अचेल जम्मा १०–१२ लाखको मात्र हुन्छ ।

समानुपातिक बन्दसूची आज

प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ । बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् ।

फ्लाइओभर : बाँडिन्छन् सपना, बन्दैनन् योजना

माइतीघर–त्रिपुरेश्वर सडकखण्डमा निर्माण गर्ने भनिएको चार लेनको फ्लाइओभर पनि अन्योलमा छ । जाइकाले दुई वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन सम्पन्न गरिए पनि अझैसम्म विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।

सोलारको बिजुलीले झिलिमिली बन्दै सिंहदरबार

बारम्बार बिजुली जाने सिंहदरबारमा अब भने कहिल्यै नजाने भएको छ । सरकारले सिंहदरबारभित्र बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्दैछ।

मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै

धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट एक वर्षभित्र संञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ ।

यस्तो बन्दैछ रंगशालाको पूर्वाधार

राजधानीको दशरथ रंगशाला भूकम्पले प्रभावित पारेसँगै अन्तर्राष्ट्रिय स्तरको खेलकुदको विकल्पमा पोखरा रंगशालालाई लिइएको छ। २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक पोखरामा हुन लागेको हो। त्यसैले पनि अहिले खेलकुदको भौतिक पूर्वाधारको बारेमा बहस चलिरहेको छ।

वनमा थापेको पासोको छर्रा लागेर दुई घाइते, तीन नाल बन्दूक बरामद

निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने  ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परी बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन्।

बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी

एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्।

अनशनरत गजुरेलको स्वास्थ्यावस्था कमजोर बन्दै

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै आमरण अनशन बसेका शिक्षक डा महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।

‘नाकाबन्दीको असर छ महिनाभित्रमा देखिन्छ’

दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् ।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।

रुग्ण आयोजना सञ्चालन गर्न नसकेका व्यक्ति महानिर्देशक बन्दै

सहरी विकासमन्त्री प्रभु साहले रुग्ण आयोजना सुचारु गर्न नसकेका व्यक्तिलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।

निर्माता बन्दै नीता

पछिल्लो समयमा युवापुस्ता केन्द्रीत फिल्म बनेसँगै फिल्म निर्माणमा नायिकाहरूको अग्रसरता पनि उत्तिकै बढेको छ । रेखा थापा, झरना थापा, स्वेता खड्का, ऋचा शर्मालगायतका अभिनेत्रीहरूले फिल्म बनाइरहँदा यो सूचीमा अब अभिनेत्री नीता ढुंगाना पनि जोडिएकी छन् । नीताले गत बिहीबार आफ्नो जन्मदिनसँगै फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सनको औपचारिक आरम्भ गरेकी छिन् ।

लुछाचुँडी गरेर देश बन्दैन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थोत्रो राजनीतिका नाममा लुछाचुँडी गरेर अब देशको विकास नहुने बताएका छन् । उनले विकासमा बाधक हुने गरी राजनीति नगर्न सबैलाई आग्रह गरे। ‘राजनीतिका नाममा लुछाचँुडी गर्दा अब देश बन्दैन, विकास जहाँको त्यहीं हुन्छ,’ अध्यक्ष ओलीले शनिबार इटहरी उपमहानगरपालिकाको प्रथम नगरसभा उद्घाटन क्रममा भने, ‘राजनीति स्वच्छ गर्नुहोस्, अस्वथ्य नगर्नुहोस् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्