८ वैशाख २०८१ शनिबार

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु

रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ।

जाडो बढेपछि रौतहटका विद्यालयहरु बन्द गरिँदै

एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्।

सुरक्षा टोलीद्वारा सम्भावित कटान क्षेत्रको स्थलगत निरीक्षण

पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ।

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।

रौतहटका दलितहरु आन्दोलित

दलित आबासको तत्काल व्यवस्था गर्नुपर्ने माग राख्दै रौतहटका दलितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

भारतीय समकक्षीसँग रौतहटका प्रजिअको बैठक सम्पन्न

रौतहटका प्रमुज जिल्ला अधिकारी इन्द्रदेव यादवले छिमेकी भारतीय जिल्ला सीतामढीको सदरमुकाम सीतामढी समाहरणनालयमा सुरक्षा सम्बद्ध द्विपक्षीय बैठक सम्पन्न गरेका छन्।

रौतहटका तीन स्थानीय तह संक्रमण मुक्त

रौतहटका तीन स्थानीय तह संक्रमणमुक्त भएका छन्। रौतहटका १८ स्थानीय तहमध्ये गरुडा, मौलापुर र माधवनारायण नगरपालिका तत्कालको लागि संक्रमणमुक्त भएका हुन्।

रौतहटका दुई प्रमुख र पाँच उपप्रमुखको पद धरापमा

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो। प्रदेश २ मा एक मात्र महिला प्रमुख साह सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन्।

रौतहटका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा

मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्।

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

भुक्तानी नपाउँदा रौतहटका उखु किसान मारमा

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडले भुक्तानी नदिँदा उखु किसान मारमा परेका छन्। हजारौँ किसानको करोडौँ रुपैया बाँकी राखेको उद्योगले समयमा किसानलाई भुक्तानी नदिँदा निकै समस्यामा परेको किसानहरु बताउँछन्।

रौतहटका उखु किसान आन्दोलनको तयारीमा

रौतहटका उखु किशानको यस पालिको होली पर्व खल्लो हुने भएको छ। श्रीराम सुगर मिल्स गरुडाले पुस महिनामै खरिद गरेको उखु चैत लाग्दासम्म भुक्तानी नदिँदा दोस्रो ठूलो चाडको रुपमा रहेको होली खल्लो हुने निश्चित भएपछि किसानहरु उद्योग विरुद्ध आन्दोलनको तयारीमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्