१ असार २०७८ मंगलबार

प्रशान्त महासागरको ढिस्को

भाइले ब्लुमाउनटेनलाई गाडीबाटै बिदाइ गराए। अब ओर्लन थालियो ओरालो। ओरालोभरि पनि जंगलका बीचबीचका ठूलाठूला क्षेत्रफल ओगटेका धनीमानीका हवेलीहरू देखिए सुन्दर–सुन्दर ।विस्तारै हामी नागबेली सडकलाई छाडेर सम्ममा ओर्लिसकेका थियौं। पश्चिमी शरहदमा पुग्नै लागेका घामको न्यानोले हामीलाई स्पर्श गरिरहे पनि भाइले एउटा सुन्दर पार्कमा गाडी बिसाए र हामी पार्कको रमणीयतालाई नियाल्नपट्टि लाग्यौं । पिङ र चाकाचुली,लुकामारी र यस्तै कस्तै अनेकौं खेल खेलिरहेका नानीहरू, फुटबल , क्रिकेट खेलिरहेका युवाहरू अनि पार्कको पूर्वपट्टिको केवल ६० वर्ष पार गरिसकेकाहरूलाई मात्रै प्रवेश अनुमति मिल्ने बार वा पप र वाइन अनि बियरको चुस्की लिइरहेका रैथाने वृद्धवृद्धाहरूको जमघट एकखालको रमाइलो लागिरहेको थियो मलाई ।

ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु

सफर गर्नुपर्छ हात–पाउ टेक्दै गल्ली र गोरेटोमा, सहज छैन यात्रा उकालो अनि ओह्रालो छ हजुर। ऋण तिर्नलाई आँसु बेच्नु छ बजार खोजिरहेछु, बन्धकीमा खुसी राखेर लिएको उधारो छ हजुर। कहाँ हुन्छ र निधारमा भाग्य सबैको उस्तैउस्तै , उता जुन उदाउँदा पनि त यता अँध्यारो छ हजुर।

मान्छे हौ कि सालिक?

हाम्रा पनि इच्छा छन्, रमाइलो भोलि होस्, शिर सधैँ ठाडो होस्, स्वाभिमानी बोली होस् ! पैतालाले शिर यो किन थिच्छौ मालिक ? चिन्नै पनि गाह्रो भो, मान्छे हौ कि सालिक ?

यो अवस्थामा राज्यले आफ्नो राजधर्म निर्वाह गरोस्

अहिले लकडाउन छ । यही बेला ह्वातै महँगी बढेको छ । हुँदा खानेहरूको अवस्था नाजुक छ। तर पनि धैर्य गर्नुपर्छ । कुनै पनि समस्या सधैंका लागि आउँदैन, सदैव यो रहँदैन । छिमेकी मुलुक भारतमा यसको प्रभाव केही कम भएको सुनिएको छ । यहाँ पनि अवश्य कम हुँदै जानेछ र फेरि हामी पहिलेकै जिन्दगीमा फर्कने छौं । यस्तै आशमा दिनहरू बितिरहेका छन् ।

हामी साथीसाथी

जातभात क्यै होइन मन ठूलो पारेर धनको रङ छाडेर मन मिलाऊँ राम्ररी सच्चा साथी बन्ने छौं अनि प्रगति गर्ने छौँ साथी–साथी मिलेमा देशको मुहार फेर्ने छौं।

जामुनको रुख

एउटा निष्ठुर प्रहारले घाइते भएको मुटु लिएर म आँधीपछिको सन्नाटाझैं अवाक् बनें । मेरी सभ्य र प्रिय साथी आँखाअघि आज मेरै प्रेमीको मुटुमा प्रेयसी बनी सुटुक्कै बसिछ। काकाकाकीलाई दिने सान्त्वनाको पुरस्कार आफैँलाई प्रदान गरेँ।

अन्यायका जञ्जिर तोड

यु बग्दछ वेगले लहरिदै खाँदै कडा ठक्कर रुन्छे बादल शोकले मुरछिदै आनन्द मान्छिन् धरा त्यस्तै घोर कठोर जण्ड कसिलो सत्कर्मका खातिर आजादीकन गर्न तोड रिपुका अन्यायका जञ्जिर।

खोप

एक जेष्ठ नागरिकले आफू अगाडि बस्नेको कार्ड पढेपछि सोधे, ‘होइन बाबुको उमेर कति हो?’ ‘यही कार्डमा लेखिएको छ नि ? हजुरलाई थाहा छैन र ?’ यति भन्नासाथ त्यो युुवक खोप लगाउन कोठाभित्र छिरयो । खोप लगाइसकेपछि ऊ बाहिर आएर कुर्सीमा आराम गर्न बस्यो। त्यति नै बेलासँगै लाइनमा बसेका जेष्ठ नागरिक पनि आए र ऊसँगै बसे। बुबा यहाँ भएको मेरो उमेर त खोप लगाउने उमेर मात्र हो, तर मेरो वास्तविक उमेर त यसको ठ्याक्कै उल्टो पो हो नि ? नाम लेख्ने मान्छे आफ्नै भएका कारण यो जुक्ति लगाएको नि ? यसो नगरे खोप लगाउन नपाइने भयो ।

जय पाथीभरा माता

आकाशे छानो रूखको आड घामपानीमा भिजेर सदियौंदेखि बसेकी छ्यौ माता भक्तको मनमा फिँजिएर दुख–कष्ट हर्ने साक्षत् देवी पाथिभरा माता जय जय जय दर्शन देऊ सन्तानलाई मातृशक्ति माता जय जय जय !

बिर्सिएको माया

आर्मी आएर लाश लगे। गुनेले सोच्न सकेन। सबैले हेला गरे पनि गाविसबाट आएका मान्छेले आइसोलेसनमा लगे। पन्ध्र दिनपछि घर आयो। घरमा बस्न मन लागेन। मन नलागे पनि बस्यो। कोरोना बिस्तारै घट्दै गएपछि गुनेले पविलाई फकायो।पवि आएको हप्ता दिनमा गुनेले राधिलाई बिर्सियो।

दृढ संकल्प

पर्दा तँलाई ज्यानै दिन्छु भन्ने साथीभाइ मात्र होइन, दुःख पर्दा आफूले ठूलै गुन लगाएका इष्टमित्रलाई समेत फोन गरेँ र आकाशलाई अस्पताल लैजान सहयोग मागेँ। अस्पताल लैजान मात्र कुनै समस्या थिएन। अस्पतालहरूमा ठाउँ छैन भनेर भर्ना नलिने, अक्सिजन र औषधि समेत आफैँ खोजेर ल्याऊ भन्ने अवस्थाले अरूको सहयोग अपरिहार्य थियो। तर जतिलाई आफ्नो सम्झेर अनुरोध गरेकी थिएँ, सबैले कुनै न कुनै बहाना बनाए, मात्र तर्कनका लागि। अहँ, कोही तयार भएन आउन।

वातावरण र मन

देशको कङ्काल टेकेरस्वर्गानुभूति गर्नेहरूले दिउँसै अँध्यारो बनाए अशान्ति अन्योल अराजकता बलात्कार र भ्रष्टाचारको कुहिरो र तुवाँलो मडारिएपछि उजाडिएको छ देश यस्तो विषम परिस्थितिमा कसरी बाँच्न सक्छ मन।

च्यातिएको फरिया

रमादेवीले बुहारीको अनुहारमा हेरिरहिन् आँखाबाट बर्रबर्री आँसु झरेको देखेर पुछिदिँदै भनिन् , आमा लगाउनु सबैको घर भनेको उस्तै हो । तपाईंसँग नयाा फरिया छैन भन्ने मलाई हेक्का भएन तर केही हुन्न मेरो माइतीमा लाज मान्नु पर्दैन मलाई तपाईँ आउनुभएको छ। त्यही ठूलो कुरा हो । बुहारीको कुरा मानेर रमादेवीले नयाँ फरिया लगाइ् ।

सामाजिक सञ्जालमा नकारात्मक सन्देश र दुखद समाचार पोस्ट नगरौं

जटिल नै छ। लकडाउन छ तर सबै मान्छे अनुशासित छैनन्। आफू पनि असुरक्षित अरूलाई पनि असुरक्षित पार्ने यस्ता मान्छेलाई जति कारबाही हुनुपर्ने हो त्यति हुन कुनै न कुनै रूपले विवश छन् सम्बन्धित निकाय। बोलबालाको वर्चस्व छ। निमुखा. त जहिले पनि निमुखा नै हुने रैछन्। शक्ति र सम्पन्नलाई अस्पतालको सैया, अक्सिजनको अभाव यातायात पासको असुविधा हुन्न्, जसरी र पनि जुट्छ । त्यस्ता मान्छेहरू दिन आइपुगेर मात्र जान्छन् अभावले जाँदैनन्। तर साँच्चिकै अभावमा पर्नेहरू अकालमा गुमिरहेका छन् । यो संसारकै नियति हो कि हाम्रो देशको मात्र हो थाह छैन।

छेपारो र भ्यागुता

कान्लामुनिको भ्यागुतो सधैं कान्लामुनि नै हुन्छ छेपारोलाई वास्ता छैन भ्यागुताहरूको भ्यागुताको शब्द सुन्ने उसको कान छैन निर्दोषको पीडाले उसको मुटु चिसो हुँदैन ऊ त भोलि घर बनाउने बहानामा आज शिशिरको पारिलो घाम तापिरहेछ ए मान्छे हो, तिमीलाई छेपारो मन पर्दैन भने आऊ सँगै ढुङ्गा हान्न जाउँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्