२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

मुस्ताङ बस दुर्घटना:लिवर्टी कलेजका २१ विद्यार्थी घाइते (अपडेट)

मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन्।

दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।

जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना: मृतकको संख्या १० पुग्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर-भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।

तनहुँमा बस दुर्घटना: ३४ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

महोत्तरीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।आफैले चलाइरहेको ट्याक्टर पल्टिँदा महोत्तरीकै पिपरा गाउँपालिका ६ का ३६ वर्षीय रामगुलाम यादवको मृत्यु भएको हो।

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

दुर्घटनामा पैदलयात्रीको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्