५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मुस्ताङ बस दुर्घटना:लिवर्टी कलेजका २१ विद्यार्थी घाइते (अपडेट)

मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी भोजराज पाण्डेका अनुसार प्रदेश न.३-०१-००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटनामा परेको हो।

मुक्तिनाथ,जोमसोम शैक्षिक भ्रमणमा जादैँ गर्दा बस ब्रेकफेल भएर दुर्घटना भएको डीएसपी पाण्डेको भनाइ छ।

घाइते हुनेमा १४ पुरूष र ७ जना महिला रहेको छन्। घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको अवस्था सामान्य रहेको छ। 

प्रकाशित: १८ वैशाख २०८१ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App