राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा सङ्घीयता आवश्यक नै नभएको बताएका छन्।
पाँच दिनसम्म सञ्चालिन राजधानीकेन्द्रित आन्दोलनलाई बिहीबार (आज) काठमाडौंको कपनस्थित सुकुन्दा पार्टी प्यालेसको सभाहलमा समापन गर्ने क्रममा केसीले यस्तो बताएका हुन्।
‘संघीयता नेपालको आवश्यकता पनि होइन, चाहना पनि होइन, जनताले माग गरेका पनि होइनन्’ उनले भने, ‘कांग्रेस र एमालेले संघीयता चाहेका होइनन् तर, इन्डियाको दबाब अगाडि नतमस्तक भए। र, स्वीकार गरेका हुन्।’
२०६३ सालमा मधेशकेन्द्रित दलहरूको दबाबमा अन्तरिम संविधानमा सङ्घीयता थप गरेपछि आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको स्मरण गर्दै उनले कोइरालाले निरिहता प्रकट गरेको सुनाए।
प्रकाशित: २८ चैत्र २०८१ १६:२४ बिहीबार





