२६ आश्विन २०८१ शनिबार
image/svg+xml

अचम्मको पानीभित्र पौडिदा

नदीका तटमा गएर हेर्नोस् त बेतोडले कुदेको कुद्यै छ । के उद्देश्य लिएर कहाँ जान कुदेको होला त्यसरी । कति मानिस त्यहीँ पौडी खेलेका छन् कुनै मतलब छैन । खेले खेलिरहून् तर आफू कुदेको कुदै छ । कतै मूल फुटेर आएको छ सृष्टि हुँदादेखि आजसम्म कलकल बगेको बग्यै छ । विचार गर्दा अचम्म लाग्छ ।

नाच्न जानुभएको छ

अधिकृतको मथिङ्गल घुम्यो, उनले फेरि सोधे – डिउटी अधिकृत कहाँ हुनुहुन्छ ? सिपाहीले विनम्रतापूर्वक उत्तर दियो – हजुर डिउटी अधिकृत पनि नाच्न जानुभएको छ। ती अधिकृतलाई लाग्यो कि सिपाही सायद नशामा छ। उनले एसपीको निवासमा फोन गरेर सोधे – एसपी साहेब हुनुहुन्छ ?

जोतारो

तल्तिर एमानको भीर । मरें भन्ने आवाज आयो । लौ न के भो नि भन्दै बूढा कुदेर आए । हेर्दा त बूढी भीरतिर गुल्टिँदै गरेकी । बूढा पनि अत्तालिएर त्यतै हामफाल्न खोजे । संयोगले एउटा धँगेराका बोटमा अल्झिइन् बूढी । बाँच्ने आशा त थिएन तै पनि बूढातिर हेरिन् । बूढाले हत्तपत्त कम्मरमा बाँधेको जोतारो फुकाएर हातको नाडीमा बाँधे र एक हातले रूख समाएर डोरी उँधोतिर फाले । बूढीले डोरी भेटिन् र दरोसँग समाइन् । बूढाले जन्मदेखिको बल लगाएर बूढीलाई तानेरै छोडे ।

बोलिरहेकी मोनालिसा

लुभ्रमा रहेका चित्र, मूर्ति र अन्य सामग्रीहरूले तात्कालिक जनजीवनको प्रतिनिधित्व गरेका छन् । अधिकांश सिर्जनाहरूमा आमा र सन्ततिको वात्सल्य झल्केको छ । राजा महाराजा र सैनिकहरूले सीधासाधा मान्छेहरूलाई दिएको यातना प्रस्टिएको छ । यौन शोषण, यौन लिप्सा र यौनको महत्व झल्काइएको छ ।

देवत्व र दानव दुवै चरित्र हुन्छ मानवभित्र

आफ्नोभन्दा अरूको भर नपरम् जिन्दगीमा,समय र सम्बन्धको ख्याल गरम जिन्दगीमा । देवत्व र दानव दुवै चरित्र हुन्छ मानवभित्र,सत्यलाई स्वीकादै असत्य नधरम् जिन्दगीमा ।कलियुग हो यहाँ जे जस्तो पनि उम्रन सक्दछ,गन्य झार गोडम् मखमल फूल छरम जिन्दगीमा।

नाम्लोबहादुर

लकाडाउनुको अर्थ घरभित्र सुरक्षित बस्नु जसको घर छ घरभरि पैसा र अन्नपात छ बर्सैभरि लकडाउन बढाए पनि ऊ हाँस्छ , ऊ बाँच्छ । सरकार भन्छ– भोकले कोही मर्दैन हुन पनि त हो । जसको नातागोता आफन्त भोकले आजसम्म मरेका छैनन् । भोक हडताल कसैले गरेका छैनन्।

धाक

बुबाले लामो सुस्केरा ताने र भने – छोरी , तेरा दाजुहरूले जमिनकै लागि वैमनस्य मोले , छुट्टपुट्ट भए । गरिखाऊन् भनेर सबै जमिन बाँडफाँड गरिदिएँ । उनीहरूले भाउजूहरूको नाममा नामसारी गरेका छन् । एकाएक मेरो अनुहारमा औंसी छायो । गहभरि आँसु देखेर बूढाले भन्नुभयो – म मरेको छैन बूढी , मन अमिलो नपार । परिवार पाल्ने औकात मैले अझै गुमाइसकेको छैन ।

बा

छोरा दुख नमान है। म यसपटक पनि आउन नसक्ने भएँ। राम्रोसँग नातिको जन्मदिन समारोह सफल पार्नु। आउँदो साल अवस्य आउने छु।बुवा हरेक साल यसै भनेर टार्नुहुन्छ। तपाइँलाई आफ्नो सन्तानको माया छैन। हजुर जस्तो बुवा हुनुभन्दा नहुनु बेस्।

पानीमाथि नलेख अक्षरहरू लेखेर लेखिन्न रे,

पानीमाथि नलेख अक्षरहरू लेखेर लेखिन्न रे ,भन्दा सत्य कुरा घमन्ड छ भने सम्झाई सम्झिन्न रे ।मुर्दा भैकन संविधान अहिले जल्दैछ लौ हेर त्यो, ओली नीति अगाडि बढ्दछ भने रोकेर रोकिन्न रे ।

दोहोरी साँझ

कोरोनाभन्दा ठूलो प्रकोप त धोका रहेछ उनले ठानिन् । भोलि उठेर के गर्ने भन्दा पनि भविष्य कसरी डोरयाउने उनलाई छट्पटी भयो । गाउँघर, मेलापात, दोहोरी गाएर हिँडेका समयहरु, आमाबुवा, प्रकाशसँगको बाचाकसम सबै सम्झनामा आए उनका । देख्ने कोही नभए पनि लुकाउन खोज्दाखोज्दै दुई थोपा आँशु खसे ।

उपहार

डायरीमा लेखिएका उनको आत्मवृतान्त पढिसकेपछि मैले एउटा निर्णय लिएँ । केही जरुरी काम गर्नै पर्ने भएको थियो। भोलि दाजु शहर आउँदै हुनुहुन्थ्यो । मालपोत कार्यालय गएर हामीले बाबाको नामको अचल सम्पती नाम सारी गर्नु थियो। दाजुलाई रोजेको लिएर म छाडेको लिने पक्षमा थिएँ । बाबुआमा नहुँदा उनहिरूले अभिभावकीय भुमिकालाई म कसरी बिर्सन सक्थें र।

हत्केला र निधारमा भाग्य खोज्नु बेकार रैछ

निधारको भरमा पर्दापर्दै आधा जोवान ढल्काएछ, हस्तरेखा हेर्दाहेर्दै पतझरझै सपना सुकाएछ। पतझरझै सपना सुके पनि आधा जोवान ढल्के पनि, आखेरीमा जे गरे नि फेरिदैन भाग्य रै’छ ।

नयाँ युगको कसीमा–‘आजका लघुकथा’ को अध्ययन

पछिल्लो समयमा निकै रुचाइको साहित्यिक विधामध्ये लघुकथा पनि हो । लघुकथा सटीक, चोटिलो र मजबुत हुन्छ । थोरै शब्दमा कसिलो बुनोटमा लेखिने यो विधा पचासको दशकदेखि लेखक र पाठक दुवैको ज्ञानको स्रोतका रूपमा अघि बढेको पाइन्छ ।

कू

यो कू भनेको के हो बाबा ! छोराको जिज्ञासाले म केहीबेर सोचमग्न भएँ । कू भनेको कुमार्ग हो बाबू ! अनि यो कुमार्ग भनेको चाहिँ के हो नि ? कुमार्ग भनेको अरूलाई कुभलो गरेर गलत बाटो हिँड्नु हो बाबू । बाटोमा अश्लील नाराहरू लगाउँदै दौडिरहेको जुलुसतर्फ औंला देखाउँदै छोराले सोध्यो – बाबा यिनीहरू सबै कुमार्गबाट दौडिरहेका हुन् ।छोराको गम्भीर प्रश्नले मेरो मथिङगल हल्लियो । बाटो गलत थियो वा सही थियो म निरुत्तर थिएँ ।

मर्म नपरी आँखाको झरी झर्छ कसरी?

मर्म नपरी आँखाको झरी झर्छ कसरी? कठै बिचरो मै हुँ भन्दैछ लुकेर मान्छे ।बिहानी घाम हाँस्यो हिमाल रमायो मन । धुवाँको मुस्लो आजको मान्छे नबल्ने आगो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्