२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नाच्न जानुभएको छ

लघुकथा

त्रिविक्रम पाण्डे

 

कुनै अमूक जिल्लाको एक बस स्टपको बीचमा एउटा विशाल गाउँ छ जसको नाउँ हो नाच्न ।

त्यहाँबाट बस आयो भने मान्छे भन्छन् कि नाच्नेवाला बस आयो......!  

सहचालक पनि बस नरोकिँदै कराउँछ– नाच्न ओर्लनेहरू ओर्लनोस् , बस नत्र अगाडि बढ्छ ।  

अत्यावश्यक काम परेर सिबिआईका एक अधिकृत त्यो जिल्लामा आएछन् ।  रात लम्बिसकेको थियो ।

उनी सोझै चौकीमा गएछन् र डिउटीमा बसिरहेको सिपाहीलाई सोधेछन् – चौकीदार साहेब खोई ?

सिपाहीले उत्तर दियो – चौकीदार साहेब नाच्न जानुभएको छ ।

अधिकृतको मथिङ्गल घुम्यो, उनले फेरि सोधे – डिउटी अधिकृत कहाँ हुनुहुन्छ ? सिपाहीले विनम्रतापूर्वक उत्तर दियो – हजुर डिउटी अधिकृत पनि नाच्न जानुभएको छ।

ती अधिकृतलाई लाग्यो कि सिपाही सायद नशामा छ। उनले एसपीको निवासमा फोन गरेर सोधे – एसपी साहेब हुनुहुन्छ ?  

उत्तर आयो – नाच्न जानुभएको छ। 

तर नाँच्न कहाँ जानुभएको छ , यो त भन्नुहोस् ?

– भने नि नाच्न जानुभएको छ , भोलि बिहानै आउनुहुन्छ ।

पुनः एसएसपीको घरमा फोन गरे। त्यहाँबाट पनि यही जवाफ आयो– सर त नाच्न जानुभएको छ।

अधिकृतको दिमाग बिग्रियो ।

–यो के भइरहेछ । यस   सीमावर्ती जिल्लामा, त्यो पनि लकडाउनको समयमा ?

साथै रहेको सहयोगीले सबै कुरा ध्यानपूर्वक सुनिरहेको थियो अनि उसले भन्यो – हजुर कुरा यस्तो छ, काठमाडौबाट मन्त्रीज्यू नाच्न आउनुभएको छ । यसैले सबै हाकिम साहेबहरू नाच्न जानुभएको छ ।

प्रकाशित: २६ पुस २०७७ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App