२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हत्केला र निधारमा भाग्य खोज्नु बेकार रैछ

गीत

अगम विकराल

 

जीवन  भन्नु   पनि  त   मात्र   भोगाइ  रै’छ,

हत्केला र निधारमा भाग्य खोज्नु बेकार रैछ।

 

ठूलाहरूले निधार हेरी भाग्यमानी भने पनि,

ज्योतिषीलाई हस्तरेखा जति पटक देखाए नि ।

हस्केला नै काटे पनि निधार जति फोरे पनि,

आखेरीमा जे  गरे नि  फेरिदैन  भाग्य रै’छ ।

 

निधारको भरमा पर्दापर्दै आधा जोवान ढल्काएछ,

हस्तरेखा  हेर्दाहेर्दै  पतझरझै  सपना सुकाएछ।

पतझरझै सपना सुके पनि आधा जोवान ढल्के पनि,

आखेरीमा जे गरे नि  फेरिदैन भाग्य रै’छ ।

प्रकाशित: २५ पुस २०७७ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App