२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

देवत्व र दानव दुवै चरित्र हुन्छ मानवभित्र

गजल

 सानु शर्मा

 

आफ्नोभन्दा अरूको भर नपरम् जिन्दगीमा,

समय र सम्बन्धको ख्याल गरम जिन्दगीमा ।

 

देवत्व र दानव दुवै चरित्र हुन्छ मानवभित्र,

सत्यलाई स्वीकादै असत्य नधरम् जिन्दगीमा ।

 

कलियुग हो यहाँ जे जस्तो पनि उम्रन सक्दछ,

गन्य झार गोडम् मखमल फूल छरम जिन्दगीमा।  

 

आफ्नो आङ भैंसी नदेख्ने अरूको आङ लिखो ,

देख्नेलाई न त लाज हुन्छ न त सरम जिन्दगीमा।  

 

सानो सहयोगले मनमा सन्तोष मिल्छ गरेर हेर्नू ,

असह्य दुखिया गरिवीको दुख हरम जिन्दगीमा।

प्रकाशित: २६ पुस २०७७ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App