२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अचम्मको पानीभित्र पौडिदा

पुस्तक

नूतन अधिकारी

 

यो काव्यकार  भाग्यशाली अधिकारीको एघारौं कृति हो । यो काव्यको शीर्षक नै एउटा कौतुहल पैदा गर्ने खालको महसुस हुन्छ । यो कस्तो के अचम्मको काव्यकारले व्यक्त गर्न खोजेका हुन । सुन्नेबित्तिकै मानिसको मानसपटलमा कौतुहलता । पैदला पैदा गराउँछ पानी पृथ्वीमा कसरी अवतरण भयो होला  जिज्ञासा हुन्छन । पृथ्वी, जल, तेज, वायु र आकाश पाँच तत्वबाट संसार बनेको हो । त्योमध्ये पानी एउटा तत्व हो । हेर्दा पहाड, तराई, हिमाल देख्दा, पृथ्वी विशाल लाग्दछ पानी त्यस्तो देखिदैन । होला समुद्रको छेउमा गएर हेर्दा विशाल देखिएला । यसो बाहिर हेर्दा हामीलाई त्यस्तो लाग्दैन । पूर्वीयशास्त्र अनुसार खण्डकाव्य महाकाव्यमा आठसर्ग हुनुपर्ने र सर्गान्तमा छन्द परिवर्तन गर्नुपर्ने उक्त श्लोकले अगाडि सर्गको सारांश दिनुपर्ने नियमले बाँधेको भए तापनि औपचारिता पनि पुरयाएको पाइन्छ ।  

आएर जाने क्रम राख्छ लेखी

धर्ती रसाएर जुगानुदेखि

यो “अचम्मको पानी” खण्डकाव्यको पहिलो हरफ हो । यसले सङ्केत गर्छ कहिलेदेखि आयो । कहिलेसम्म जाने हो, थाहा छैन। आएको छ, गएको छ, निरन्तर कति आयो कति गयो–गयो कहिल्यै एकछिन रोकिएको छैन । निरन्तर  रूपमा आजसम्म धर्ती रसाएको छ । तमाम नरनारी, पशुपन्छी किटपतङ्ग चराचर जगतको परिपञ्च सृष्टि भयो ।  

यो पातलोमा हुनु तत्व के छ

हुन्नन बिनामानिस हुन्न देश

यो पातलो झोल तरल भएर बग्नु अर्को अनौठो छ । तरल भएर पिउन खानापिना बनाउन सफासुग्घर गर्न मानिसले पायो । यदि यो तरल नहुँदो हो हाम्रो घर सफासुग्घर राख्ने, हामी नुहाइधुवाइ केले र कसरी गर्थ्यौ होला । यो नहुँदो हो न कोही मानिस हुन्थ्यो न कुनै देश भन्ने रहन्थ्यो के विचित्र छैन । संसारमा यो कसरी बन्यो होला, सोचेर ल्याउँदा अचम्म लाग्छ । हिमालमा सेतो ढुंगाजस्तो भएर जमेको छ । यही लेकबेँसी, तराई, पहाड संसार जहाँतहीँ पानी छ । माथि उकालो जाँदैन भन्छौँ तर जतिमाथि टाकुरामा जानोस् पानी छ कलकल धारा बगेको छ । कतै ठूल्ठूला तलाउ रहेका छन् । हिमालमा जमेर बसेको छ । त्यही धर्ती खनेर हेर्नोस् – त त्यही पानी छ ।

चन्द्रलोक मंगल ग्रह मानिस पुगिसके । तर, त्यहाँ पानी छैन भन्छन् । यो पृथ्वीमा यत्रो विशाल पानी कताबाट कसरी आयो होला हँ ! एउटा अचम्म छ । कतै नभएको भन्ने छैन यत्रो विश्व परिपञ्च मिलाएर बाँडेको छ । हामीलाई एउटा गह्रो भिजाउन महाभारत पर्छ । यत्रो संसार परिपञ्च बाँड्न कसरी सकेको होला ? एउटा अचम्म छैन ? हाम्रो घरमा पानी छ । खोलामा गए पानी छ ।  तालतलैया, नदीनाला र छाँगाछहरा जहाँ गए पनि पानी देख्छौँ अनि हामीलाई केही मतलब छैन । ए पानी भन्छौँ हिड्छौँ । लौ त पानीका सबै कृयाकलाप गहिरिएर सोचविचार गर्नेस त पानी एउटा विचित्र छ अचम्म लाग्छ ।

कहाँकहाँ बस्ला यो 

नदीका तटमा  गएर हेर्नोस् त बेतोडले कुदेको कुद्यै छ । के उद्देश्य लिएर कहाँ जान कुदेको होला त्यसरी । कति मानिस त्यहीँ पौडी खेलेका छन् कुनै मतलब छैन । खेले खेलिरहून् तर आफू कुदेको कुदै छ । कतै मूल फुटेर आएको छ सृष्टि हुँदादेखि आजसम्म कलकल बगेको बग्यै छ । विचार गर्दा अचम्म लाग्छ ।

धेरै देखे तर्सेर भाग्छन् जब थोरै देख्छन्  अनि यसैलाई नाघेर जान्छन् मान्छे । जब के गर्छ र यसले भनेर हेप्छन् जिस्क्याउँछन् उसको पालो तानेर लैजान्छ । यसैबाट यसैको भरमा चलेको छ । यदि यो भएन भने दुनियाँ भस्म हुन्छ ।  

यो संसारमा यत्रो पानी कसरी आयो होला भन्ने सधैँ मानिसका जिज्ञासा रहिरहन्छन् । भगिरथ राजाले स्वर्गबाट पृथ्वीमा बोकेर ल्याएका थिए । पृथ्वीमा नधसियोस् भनेर शिवजीले जटा थापेर पृथ्वीमा छोडेकाले आज पृथ्वीभरि पानी फिंजिएको हो भन्ने एउटा धार्मिक मान्यता छ । तबदेखि पृथ्वीमा सृष्टि सुरु भयो।  मानवहरू अनेक नाटक देखाउन थाले। सारा प्राणीको प्रादुर्भाव भयो । संसारमा विभिन्न रंगमञ्च हुन थाले । सारा संसार हरियो भयो । यिनैले गर्दा पृथ्वी धानिइका छन् । यिनैले गर्दा आज असार आउँछ, धान रोपाइँ हुन्छ र दुनियाँ पालिएको छ ।

आज धर्तीमा पानीको  पैँतीस वटा जति नाउँ लिइन्छ । तर, त्यो पानी एउटै हो । बारीमा तोरी फुलेर पहेँलै भएको देख्छौँ । जताततै रूखबिरुवा, फलफूलका बोट र घाँसपात हरिया भएका छन् । सबै पानी हुन् । मानिसका हातपाखुरा, गोडाछाती सबै पानी छ हात्तीदेखि भुसुनासम्म पानी छ । नदीनाला, पाखापखेरा आकाशपाताल, पहाड, तराई, थुम्का,भञ्ज्याङ, फलफूल, मेवा, मूला, घिरम्ला, चिचिन्डो सारा पानी छन् ठूल्ठूला दरबार, महलदेखि गरीबका  झुपडीसम्म पानी छन् ।  

यसको रूप कस्तो छ कोही भन्न सक्दैनन् । यो कसैसँग दप्दैन कालोमैलो पखाल्ने सफासुग्घर गर्ने आकाशमा पुगेर बर्सिने संसार ढाकेर कतैकतै खाली नगरीकन चालाले चालेझैँ गरेर संसार ढाकेर पानी बर्सिएको हुन्छ । ठाउँठाउँमा पानी नपसोस् भनेर बाँधबाँधका हुन्छन् । त्यो फुटालेर पुल नाघेर जान्छ कतिका घरबारी खेत बाढीपहिरो गएर पुरेको हुन्छ त कतै डुबाएर रुवाबासी बनाइदिन्छ । कतै पहरा ढुंगाबाट पनि बगेको हुन्छ । यसरी कति पानीले बेलाबेलामा वितण्डा मच्याइरहेको हुन्छ । हात्तीदेखि भुुसुनासम्म धनी– गरीब केही नभनी रूखपात, बोटविरुवा सब भित्र पसेर सबलाई बचाइरहेको हुन्छ । पानीका कृयाकलाप अचम्मका छन् । कवि लेख्छन् कतिका झुपडीदेखि दरबार महल यसैबाट बनेका छन् । पिरो, अमिलो, तितो, टर्रो, गुलियो सबै यसैबाट बन्छन् । कतिका कोठाभित्र बाहिर बाटो सारा झलल बनाएका छन् । धन्य पानी तिम्रो कमाल गजब छ कवि भन्छन् ।  

जति तताउ चिसै हुन्छ। एकै ठाउँमा  त्यसलाई राख्नै सकिन्न जति बलियो पर्खाल बनाएर राख अलिकति कतै प्वाल पायो कि त्यहीँबाट छिरेर फुटाएर बाहिर निस्किन्छ। माथि बस्दै बस्दैन। छुटेर दौडिएर तलै झरेको हुन्छ । सानो देखे कि मानिसहरू त्यसलाई हेपेर नाघ्ग्छन् । त्यही कुनै बेला अजङ्ग भएर आउँछ । त्यसलाई नाघ्न सक्ने कसका तागत कवि व्यक्त गर्दछन् ।

पृथ्वी तात्यो कि बाफ भएर उडेर आकाशमा गएर विशाल घनघोरले बर्सिएको हुन्छ । त्यही कुनै बेला दुखको आँसु भएर बग्छ र कुनै बेला हर्षका आँसु भएर खस्छ । पौरखीहरूका पसीना भएर बग्छ त कुनै बेला किसानका बाली नाश गर्न कठोर असिना पनि भएर बर्सिन्छ । कुनै बेला जिभ्रोमा रसाएर मीठो स्वाद बनेर आउँछ त कहिले हावामा मिठो बास्ना लिएर उड्दछ । कहिले तुषाराको रूप लिएर आउँछ यही छ वटा ऋतु बन्ने कारण भएर निस्किन्छन् । कुनै बेला फलफूल सुन्तला, जुनार मौसम जस्ताको केस्रा भएर आउँछ त कहिले आँप, लिची, नास्पाती भएर निस्किन्छ यस्ता पानीका तमासा देख्दा । मानिस छक्क पर्छ् । यदि पानी नहुन्थ्यो संसार ढुंगा र खरानीको थुप्रो हुन्थ्यो होला कविको तर्क छ । पानी भएरै संसार रङ्गीविरङ्गी देखिएको छ कवि लेख्छन् ।

पानी भएरै किराफट्याङ्गादेखि मानिससम्मको सृष्टि भयो।  यो एउटा रंगमञ्च खडा भएका छन् । कोलाहल मचाउन पाएका छन  । संसार देख्ने हाम्रो भाग्य रहेछ र पानी तिम्रो उत्पत्ति भयो । मानिसलाई चोख्याउन परयो ।  तिम्रै आवश्यकता पर्छ चिता पखाल्न तिमी नै चाहिन्छ । विशाल –विशाल समुद्रबाट संसार जोड्ने काम भएको छ । त्यहीबाट अनगिन्ती सामानको ओसारपसार भएका छन् । पानीबाट नै संसार उज्यालो भएको छ। डढेलो लाग्दा तिम्रै आवश्यकता पर्दछ । संसार काम तिमीबाट हुन्छ । पानी तिम्रो अथाह शक्ति छ । अनन्त सौर्यवान्लाई लडाइदिन्छौँ । तिम्रोमा अनन्त धैर्यधारणा गर्ने शक्ति छन् । तिमीबाट नै मानिसले अदभूत कार्य सिद्ध गरेका छन् महान् ज्ञानीले आचमन गर्नेदेखि संसार शुद्ध पार्ने तिम्रो अथाह शक्ति छन् । अचम्म छ । 

जब झम्केर पानी आयो । सारा संसार डुबायो। कोलाहल मच्चायो।  पहिरो गयो। खोला पस्यो । सारा उदाङ्ग बनायो । कत्राकत्रा मै हुँ भन्ने पहाड ढलाइदिए । उपद्रो मच्चाइदिन्छन् । यस्ता पानीलाई थाम्न सक्ने कसका सामथ्र्य बौलाएर आउँदा संसार काम्न थाल्छ । एकैछिनमा अद्भूत कार्य गरेर देखाउन सक्ने पानी तिम्रो अचम्म छ । खण्डकाव्यभित्रका केही अंश–

पानी हुँदा जीवन भो अमूल्य

हामी भयौँ धन्य छ स्वर्गतुल्य

यौटा यही कारण विश्व जन्म्यो

ठूलो छ तिम्रो महिमा र मान्यो

संसार नै शून्य भयो अधोर

हामी भयौँ आज तिमी भएर ।  

प्रकाशित: २६ पुस २०७७ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App