७ वैशाख २०८१ शुक्रबार

सामान चोरी भएपछि रोकियो तरङ्ग खोलाको पुल निर्माण

गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो।

निर्माण नसकिँदै भत्काईँदै छ बरहवा पुल

रौतहटको जिल्ला सदरमुकाम गौरमा रहेको बरहवा तालमा निर्माणाधीन पुल चर्किएपछि भत्काउन सुरु गरिएको हो।

पप्पुले बकैयामा बनाएको पुलः निर्माण पूरा नहुँदै भत्किने अवस्थामा

चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।

हावाहुरीले निर्माणाधीन पुल उडायो

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।

किन बारम्बार भत्किन्छन् सडकका पुल?

निर्माणाधीन पुल भत्कनुमा अनेकौं कारण छन्। काममा लापरवाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनु पर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायतले संरचनाहरू कुनै निर्माणकै चरणमा र कुनै निर्माण सकिएको केही समयमै भत्किने गरेका हुन्।

बाढीले निर्माणाधीन पुलमा क्षति

अविरल वर्षासँगै माइखोलामा आएको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ । समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलको ढलान गर्न लागिएको डन्डी बाढीले बगाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्