४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा गगनले भने: सभापति बनेर आएको छु, फेरि बन्नु छ–भाग्दिनँ

नेपाली कांग्रेसका सभापति गगन थापाले बल्ल सभापति बनेर सर्लाही–४ आएको बताउँदै आफू भागेर नजाने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार सर्लाहीको बलरा नगरपालिकामा कांग्रेस–नेता कार्यकर्तासँग भेटघाट गर्दै आफू फेरि सभापति बन्ने भएकाले भाग्ने कुरा कल्पना नगर्न आग्रह गरे। 

‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु,’ गगनले भने, ‘१५ औँ महाधिवेशन आउँदै छ, फेरि सभापति बन्नु छ। त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’

आफू चुनावी प्रयोजनका लागि मात्र सर्लाही नपुगेको उनले बताए। काठमाडौं सर्लाहीका मानिसका लागि जत्ति खुला छ, त्यस्तै सर्लाही र मधेसका मानिस पनि खुला हुनुपर्ने उनले बताए। ‘सबै ठाउँमा सबैको समान हक लाग्छ। यही मान्यताका साथ हामी अघि बढ्नुपर्छ’,गगनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरू चुनाव लड्न चितवनदेखि झापा पुगेको दृष्टान्त सुनाउँदै गगनले त्यहाँ कसैले नागरिकता नखोजेको पनि तर्क गरे। उनले अगाडि भने, ‘झापा जाँदा नागरिकता खोजिँदैन, चितवन जाँदा खोजिँदैन भने यहाँ आएर मेरो नागरिकता खोज्न मिल्छ त?’

प्रकाशित: १३ माघ २०८२ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App