१२ मंसिर २०८१ बुधबार
image/svg+xml

साथमै कृष्ण छ क्रीडा नगर्ने कुरै भएन

साथमै कृष्ण छ क्रीडा नगर्ने कुरै भएन, छातीमै वृन्दावन छ अन्त जाने सुरै भएन। कंशहरू मुर्मुरिइरहून् त्यस्ता हावाले छुँदैन, तिमी मुस्कुराए प्रेम प्याला अपुरै भएन।

जागिर

हिजो पो तिमीहरूलाई जागिर चाहिएको थियो र मकहाँ आउँथ्यौं। आज तिमीहरू जागिरे भयौं। अब तिमीहरू कसरी मकहाँ आउन सक्छौं ? एउटा भनाइ छ नि डिठ्ठा साब, तिर्खा लाग्यो भने खोला धाउँदैन। खोलासम्म पानी लिन मानिस आफै धाउनुपर्ने हुन्छ, होइन र? अब कुरा बुझेको होला नि होइन त।

प्रेयसीको छाया त हैन

योग्यता जसले खोज्यो आफ्नो सुन्दरतामा, मेरो गजलको पात्र कहीँ उनी नै त हैन। यो मनलाई राम्रै थाहा छ, मेरो धरातल, चन्द्रमा सायद ती प्रेयसीको छाया त हैन। एक अपरिचित जसले बोलाउँदैछ मलाई, मेरो आत्माको उनीसँग कतै नाता त छैन?

बलात्कार

केटीले पुठ्ठा र तिघ्रामा ग्रन्ज गरिएको प्यान्ट लगाएकी थिई। केटाले एक डिठ लाएर उसको च्यातिएको प्यान्ट हेरेपछि यो संवाद घटित भएको थियो। रिसाउँदै केटी बाटो लागेपछि ओझेल नपरुन्जेल पछाडिबाट केटीलाई उसका आँखाले पछ्याइरह्यो।

सपना

प्रभुले हाँसेर फेरि भन्नुभयो, – “हेर मेरो यो ढुङ्गाको मूर्तिमा होइन, तिमी आजबाट नै हरएक मान्छेको पूजा गर, सबैको खुसीमा खुसी हुन सिक, सबैलाई आफ्नो सन्तान भनेर सोच। सानासाना माग लिएर यो मूर्तिमा होइन, आफ्नो अन्तरमा प्रतिष्ठित प्रभुसँग जाऊ, तिमी पनि मजस्तै सुन्दर मुस्कानले भरिएको अनमोल जीवन प्राप्त गर्नसक्ने छौ।”

व्रत

उनीहरूका कुराले एकैछिनमा वरपरका सबैको ध्यान उनैतिर खिँचियो। उनले चौतारामा रहेका अन्य बुज्रुकहरूतिर पुलुक्क हेरिन् र शान्त हुँदै भनिन् , ‘मलाई व्रत बस्न कुनै तिथि वा बार चाहिँदैन। म हरेक दिन व्रत बस्छु तर भोजन छोडेर होइन मभित्रको खराब विचारलाई हटाएर। म ईश्वरमा आशा होइन, भरोसा राख्छु।

बसाइँ हिँड्ने आकाश

पारिजातलाई तिनपानेले भिजाएर देउरालीमा उमार्न सक्नेछु पुजिएका अद्भूत जड ढुङ्गाहरू छोपिन्ने छन् लुक्दैलुक्दै बसाइँ सर्ने आकाशको मुलबाटो पछ्याएर हरपल खोजिबस्नेछु सुषुप्त स्वयम्भूको अनिमिष नयनभरि।

गुरु महिमा

बिर्सेमा गुरुको सद्वाणी हामीले सार्थक हुनेछ त्यो जगजाहेर कहावत भाइभाइ फुटे, लुट्ने छ पराईले। याद गरौं आज ती पुजनीय गुरुहरू व्यास, वशिष्ठ, दतात्रय, शंकराचार्य, स्वामी विशुद्धदेव। आज हामी सबैले याद गरौतैतरीय उपनिषदको एउटा मन्त्रः। गुरुब्रम्ह, गुरुरर्विष्णु, गुरुदेव महेश्वर गुरु साक्षात परव्रम्ह तस्मे श्री गुरुवेनम।

पालैपालो घोचे

कहिले खले गह्राबाट त कहिले बार्दलीबाट, चुच्चो घाँटी जोडिएकालाई पालैपालो घोचे।छुट्टिएर नहुने भयो, मिल्न पर्यो अब, पारिवारिक मिटिङ बसी पालैपालो सोचे। खै केमा चित्त बुझ्या छैन एउटै भान्सा गर्न, सम्मानजनक वाक्यमा नै पालैपालो घोचे।

म फेरि भूमिगत हुँदै छु

परतिर सडकको धुलोभित्रबाट एउटा पागल चिच्याउँछ देशको एक मुठी माटो लिएर आफ्नो छाती छोएर भन–‘चेलीबेटी बेचिए कि तिमी बेचियौ ? मूर्तिहरू चोरिए कि तिमी चोरियौ ? जातीय दङ्गामा तिमी मर्यौ कि मारियौ ? तिमी खतरामा छौ कि देशको राष्ट्रियता खतरामा छ ?’

छोटो बढेपछि भारी फुर्ति ढाँचा बढाउँछ

व्यवहारमा सुनिएको लोकप्रिय उखान छ, छोटो बढेपछि भारी फुर्ति ढाँचा बढाउँछ। बाँसको तामाले पनि सोच्दो हो बढेर आकाश छुनु छ, प्रौढतामा पुग्दा आखिर जमिनतिर नै झुक्दछ। माटोमा उम्रेको वृक्ष अन्त्यमा माटामै मिल्दछ, आफूसँग जे जति छ अरूमै समर्पण गर्दछ।

श्रीमतीको हेल्थ क्लब

श्रीमतीको कुराले मलाई निकैबेर घोरिन बाध्य गरायो। श्रीमती वासरुम पसकी बेला मौका छोपी मेरो सर्वाङ्ग शरीरलाई एकपल्ट ड्रेसिङ टेबलअघि उभ्याएर पल्टाईपल्टाई धित मरुञ्जेल हेरेँ। मौन थिएँ म। श्रीमती वासरुमबाट कतिबेला निस्किइछन् थाहै भएन आफ्नो सर्वाङ्ग हेर्ने धुनमा। मेरो मौनतामाथि बुर्कुसी मार्दै श्रीमती बोल्दा पो झसङ्ग भएँ। बोल्दै थिइन् –तपाईले के सोच्नु हुँदैछ मैले बुझेँ। ५ सय बुझाएर एडमिसन भएकी छु। प्रतिमहिना ५ सय बुझाउनुपर्छ।

मन त तब मात्र दुख्दो रहेछ

मन त तब मात्र दुख्दो रहेछ जब मेरै छोरीको हातबाट विष्ट कपडा लिनुहुन्छ मेरै अगाडि पहिरिनुहुन्छ मेरै दलिनमा झुन्ड्याएको ऐनामा हेर्नुहुन्छ र, मेरो ज्याला भने मेरो हातमा पर्ने गरी अलग्गै फालिदिनुहुन्छ मन त तब मात्र दुख्दो रहेछ जब विष्ट मेरी चौध बर्से छोरीलाई तिमी भन्नुहुन्छ म साठी बर्से वृृद्धलाई तँ भन्नुहुन्छ मन त तब मात्र दुख्दो रहेछ !

फलादेश

यो सब प्रपञ्च योजना एकजना मनोचिकित्सकले मिलाएका थिए। सोमनाथले यो छोरी बिमारी भएपछि उपचारमा लाखौं पैसा पानीसरी बगाएका थिए। गाउँका हेल्थपोस्टदेखि टिचिङ अस्पतालसम्म पु¥याए। धामीझाँक्री झारफुक धेरै गरे। अन्तमा मनोचिकित्सकमा पुगे।

दाइजो

म समय अनुसार चल्न नसकेर साह्रै दुः ख पाएँ। दाइजोको आस गर्दा मलाई सधैं बुहारीले केही नदेखेका मान्छे भनिरहने, जोसंग पनि माइतीको धाक देखाइरहने हुँदा मेरो घरको सौन्दर्य नै गुमेको छ। अब म कान्छो छोराको विवाह गर्दा दाइजोको नाममा चम्चा पनि लिन्न र छुट्टिएपछि उनीहरू संगै बस्छु। बेलामै दूरदृष्टि लिनुपर्ने रहेछ दिदी!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्