१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रेयसीको छाया त हैन

गजल

त्रिविक्रम पाण्डे  

 

                      १)

रात रित्तो–रित्तो छ तर देखिएको त छैन,

एउटा आवाज आउँछ कतै उनको त हैन।

 

योग्यता जसले खोज्यो आफ्नो सुन्दरतामा,

मेरो गजलको पात्र कहीँ उनी नै त हैन।

 

यो मनलाई राम्रै थाहा छ, मेरो धरातल,

चन्द्रमा सायद ती प्रेयसीको छाया त हैन।

 

एक अपरिचित जसले बोलाउँदैछ मलाई,

मेरो आत्माको उनीसँग कतै नाता त छैन?

 

           २)

मलाई अब जगाइदेऊ कोही,

ममाथि प्यार बर्साइदेऊ कोही।

 

तन पनि सफा यो मन पनि सफा,

अब लौ मलाई रङ्गाइदेऊ कोही।

 

विजय उन्मादले म थाकिसकेको छु,

अब मजाले मलाई हराइदेऊ कोही।

 

गाँठो परेको यो जीवन कसरी फुक्ला,

मलाई अब सुझाव –सल्लाह देऊ कोही।

 

मनभरि पीडा यो आँखाभरि आँसु,

मलाई अब सके रुवाइदेऊ कोही।

 

लाग्छ काललाई कुरेर बसिरहेको छु,

तुलसीको मठमा सुताइदेऊ कोही..!

प्रकाशित: १३ श्रावण २०७८ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App