७ वैशाख २०८१ शुक्रबार
कला

जागिर

लघुकथा

दयालु महेश

 

  – डिठ्ठा साब नमस्कार।

– ओहो मन्त्रीज्यू नमस्कार। म एउटा हजुरको नोकर सरहको मान्छेलाई डिठ्ठा साब भनेर सरमिन्दा नपार्नुस। बरु भन्नुस के कति कामले कष्ट गर्नुभयो। एक कल फोन गर्नुभएको भए म आफै हजुरको घरमा आइहाल्ने थिए।

हिजो पो तिमीहरूलाई जागिर चाहिएको थियो र मकहाँ आउँथ्यौं। आज तिमीहरू जागिरे भयौं। अब तिमीहरू कसरी मकहाँ आउन सक्छौं ? एउटा भनाइ छ नि डिठ्ठा साब, तिर्खा लाग्यो भने खोला धाउँदैन। खोलासम्म पानी लिन मानिस आफै धाउनुपर्ने हुन्छ, होइन र? अब कुरा बुझेको होला नि होइन त।

– मन्त्रीज्यू पनि खाली ठट्टा मात्र गर्नुहुन्छ। त्यति जाबो सानो कामका लागि पनि हजुर यहाँ अदालतसम्म कष्ट गर्नुभएको ! एक कल फोन गरेर सम्झाउनुभएको भए म छँदै थिए त।

– डिएसपी साब नमस्कार।

ओहो ! मन्त्रीज्यू नमस्कारनमस्कार । भन्नुस हजुरलाई के सेवा गर्न पर्यो। त्यो अस्ति गाउँमा भएको घटनाको  फाइल तुरुन्त बन्द गर्नुपर्यो। भोलि उज्यालो नहुदै मेरो मान्छे जेलबाट छुट्नु पर्छ।  

– हस् मन्त्रीज्यू, हजुर ढुक्क हुनुहोस।

यता मन्त्रीले भनेको नमानौ जागिर चट। भनेको मानौं भने दिनदहाडै आफ्नो आँखाको सामुन्ने घटेको त्यो कहालीलाग्दो घटनालाई कसरी ढाकछोप गरौं अनि ती अन्यायमा परेका पीडितलाई के जवाफ दिने। हैन यो कानुन र पुलिस प्रशासन भनेको ठुलाबडाका लागि मात्र हो क्या हो। यो जागिर पनि कस्तो दिनमा खाएछु ,अन्यायको विरुद्धमा बोलेर न्याय दिलाउन नसक्ने धिक्कार छ मलाई।

प्रकाशित: १३ श्रावण २०७८ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App