१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पालैपालो घोचे

गजल

कमला घिमिरे  

 

खोई ! सोचेर घोचे कि वा नसोचेरै घोचे,

एक अर्कामा बिझ्ने गरी पालैपालो घोचे।

 

कहिले शक्तिशाली भएर त कहिले नभएर,

आफ्नो अर्को नसोची नै पालैपालो घोचे।

 

कहिले पद त्यागेर त कहिले लत्याएर,

तिम्रो, मेरो भनीभनी  पालैपालो सोचे।

 

नमिल्दा मुख खुम्च्याएर त मिल्दा हौसिएर,

चौका भन्दै  सोहोर्दै पालैपालो घोचे।

 

कहिले छिमेकमा मिल्दै त कहिले नमिलेर,

भैलिनीको टुक्काजस्तै पालैपालो सोचे।

 

सकारात्मक भाव राखौं, समाज सुधार्नु छ,

भने पनि “औँसी–पुर्णे“ मा त पालैपालो  घोचे।

 

आँफुखुसि काम गर्दा गल्ती भयो होला,

सच्याउनु पर्ने  भन्दै पालैपालो सोचे।

 

कहिले खले गह्राबाट त कहिले बार्दलीबाट,

चुच्चो घाँटी जोडिएकालाई पालैपालो घोचे।

 

छुट्टिएर नहुने भयो, मिल्न पर्यो अब,

पारिवारिक मिटिङ  बसी पालैपालो सोचे।

 

खै केमा चित्त बुझ्या छैन एउटै भान्सा गर्न,

सम्मानजनक वाक्यमा नै पालैपालो घोचे।

प्रकाशित: ११ श्रावण २०७८ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App