coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गुरु महिमा

कविता

डा. इन्दुल केसी

 

आज हामी सबैले याद  गरौं

तैतरिय उपनिषदको एउटा मन्त्रः।

गुरुब्रम्ह, गुरुरर्विष्णु, गुरुदेव महेश्वर  

गुरु साक्षात परव्रम्ह तस्मे श्री गुरुवेनमः।

दिएका गुरुले त्यो शिक्षादीक्षा  

तन्त्र, मन्त्र, यन्त्र, कलाकौशल

छ हैं यसैमा हामी सबको भलो असल।

तुच्छ स्वार्थ त्यागेर गरौं सेवा

देश र जनता जनार्दनको।

बिर्सेमा गुरुको सद्वाणी हामीले  

सार्थक हुनेछ त्यो जगजाहेर कहावत

भाइभाइ फुटे, लुट्ने छ पराईले।

याद गरौं आज ती पुजनीय गुरुहरू  

व्यास, वशिष्ठ, दतात्रय, शंकराचार्य, स्वामी विशुद्धदेव।

आज हामी सबैले याद गरौ

तैतरीय उपनिषदको एउटा मन्त्रः।

गुरुब्रम्ह, गुरुरर्विष्णु, गुरुदेव महेश्वर  

गुरु साक्षात परव्रम्ह तस्मे श्री गुरुवेनम।

प्रकाशित: ११ श्रावण २०७८ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App