२८ आश्विन २०८१ सोमबार
image/svg+xml

विवश माताहरूको मर्म

कुमाताका अधिकांश कथामा नारी पात्रको उपस्थिति छ। कुमाता, छापामारको प्रेम, परिबन्द, अस्मिता, उकुच, दोषी को ? जस्ता कथामा नारीपात्रको उपस्थिति सशक्त देखिन्छ।

छनोटमा परेका सात कृति

मदन पुरस्कार गुठीलाई प्राप्त एक सय ५१ कृतिबाट सात कृति छानिएको हो। यीमध्ये एकलाई मदन पुरस्कार–२०७६ प्रदान गरिनेछ। कस्ता छन् त छनोटमा परेका सात कृति ?

सपना

मैले दुई वर्षसम्म ठूलीआमासँग चियापसलमै काम गर्दै आइए पास गरेँ। गाउँबाट खबर आएको थियो– गाउँको स्कुलमा पढाउने शिक्षकको खाँचो छ। मैले गाउँ फर्केर पढाउन थालेँ। गाउँबाटै नेपाली विषयमा मास्टर सकेँ। मेरो सपना थियो, पढ्न नपाएका छोरीहरूलाई पढाउने, सीपमूलक तालिम दिने।

देश भित्रका अनागरिक

त्यसैले त भन्छु निर्मला अब जन्मिदा सिङ्गदरबार भित्र जन्म लेउ सिङ्गदरबार बाहिर्न देश छ ,न कानुन छ न तिम्रा बाबु आमाको आशु पुछिदिने हात छ छ त केवल लाचार नेपाली मन छ बिबस नेपाली पन छ ....!!!

हाकिमको देश

बिस्तारै कोल्टे फर्केर अँगालोमा उनलाई बाँध्न खोजें । मेरो हात आफ्नो कुमबाट फाल्दै उनी बोलिन्, ‘हाकिमको मान्छे उता जानुस् । दुनियाँ सोचेर भोलिको काम सकिसक्नु भयो हैन ? हाकिमका सेवा गरे त पुगिहाल्यो नि । तपाईंलाई हाम्रो के मतलब छ र, हैन ?

मेरी आमा चन्द्रा

फूल कोपिलामा बाबुको तरुनी उमेरमा लोग्नेको अनि अहिले बुढेसकालमा छोराको मनभरि डरैडरको छाँदे भारी बोकेर आफ्ना कोरेली रहरहरूलाई जबर्जस्ती दागबत्ती दिँदै उहिल्यै चन्द्र च्याप्ज्यूले संस्कारेको सत्तीको रूपान्तरित अग्निददाहमा जल्दै, पिल्सिदै र बल्झिदै जिन्दगीको सुदूर यात्रामा घामपानी खेप्दै निस्केकी छिन् मेरी आमा चन्द्रा ।

गोरे !

जवानीले भरिएको जीउ । बाटुलो अनुहार । छिनेको कम्मर । डिम्पल परेका गाला । मीठो बोली । चुलबुले स्वभाव । माधुरीलाई हेर्दाबित्तिकै युवकलाई कतिखेर कुरा गरौं भन्ने भइरहेको थियो । केहीबेर मुख हेराहेर चल्यो । सुरुमा युवकले मुख खोल्न सुरु गरे । उनले माधुरीको पढाइ सोधे । माधुरीले सरसर्ती बताई । माधुरीले पनि प्रतिप्रश्न गरिन, ‘तपाइले कति पढ्नुभएको छ ?’

हिउँरानीको कथा

‘ल सुन, यो हिमालको हिउँ पग्लनुमा हाम्रो व्यवहार दोषी छ । हाम्रो पृथ्वीमा भएको अनेकौँ विषालु ग्यासको उत्पादनले पृथ्वीको तापक्रम दिनपरदिन बढिरहेको छ । यसरी तापक्रम बढ्ने क्रममा हिमालमा हिउँ पग्लँदै जान्छ । बिस्तारै नदीनाला सुक्दै जान्छन् । अनि समयमा पानी पर्न छाड्छ । जमिनमुनिको पानी पनि सुक्तै जान्छ । मानिसहरू पानीको अभावमा तड्पिँदै जान्छन् ।

माफ गर्नुस् महाशय !

भरोसाको लौरो टेकेर भए यो उकालो चढ्थेँ र कहाँ म स्वाभीमानको यत्रो पहाड ठेलिदियो बतासले जोडबल लायो अर्कैले तब न चढ्यौ तिमी त्यो गगनचुम्बी हिमाल चराको एकमाइलभन्दा कमिलाको एकइन्च यात्रा नै काफी छ जिन्दगीमा माफ गर्नुस् महाशय म चरा बन्न सक्दिन ।

घाइते शब्दहरु

अमूर्तको सुगन्ध लुप्त भइसकेका फगत मृतिकाराशि मूर्तिसमान रंगहीन, गन्धहीन, स्वादहीन,सुगन्धहीन बोझिल शब्दहरु ।

अविवेकी मान्छे

मान्छे रमिते मात्र भएको देखेर उसलाई निको लागेन । ऊ भीडलाई छिचोलेर कुद्दै गई नजिकैको घरको टुप्पाबाट क्षतिग्रस्त बस सहित भीडको पनि फोटो खिचेर तुरुन्त फेसबुकमा अपलोड गरयो र स्टाटस लेख्यो, ‘उद्धार गर्न छोडेर सबै फोटो खिच्नमै व्यस्त । थुइक्क ‘अविवेकी मान्छे ’ ।’

आमाको मुन्द्री

‘गोविन्दे! यो मुन्द्री बेचेर तेरो बिहे गरिदिन्छु’, पिँढीमा बसेर एकदिन आमाले फेरि भनिन्। ‘सुन भने पनि सम्पत्ति भने पनि बाको चिनो यही एउटा मुन्द्री हो नबेचौ आमा, मुन्द्री नलगाए तिमी बुच्ची देखिन्छौ’, गोविन्देले आमालाई भन्यो।

सानु शर्माका मुक्तकहरू

मुक्तक बोल्न हाँस्न कन्जुस्याइँ गर्नेहरूले पनि मर्नुपर्छ धनैधन थुपारेर सन्दुस भर्नेहरूले पनि मर्नुपर्छ। दुईदिन बाँचुञ्जेल तेरोमेरो भनी लुछाचुँडी किन वैमनस्यताको भावना छर्नेहरूले पनि मर्नुपर्छ ।।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्