२८ आश्विन २०८१ सोमबार
image/svg+xml

शिखा र सुश्रीमको अमेरिकामा तीज

हिन्दू महिलाको चाड तीज जति नजिकिदै छ, यससम्बन्धी गीतसंगीत पनि त्यति नै घन्किरहेका छन् । हालको यस्तो कोरोना महामारीको अवस्थामा पनि सयौको संख्यामा तीज गीतका भिडियो हामी हेर्न र सुन्न पाइरहेका छौ । तर धेरै गीतहरूमा मौलिकता हराएका छन् । अश्लील शब्द र दृश्यले गीतको लोकप्रियता बढाउन पनि खोजिएका छन् । तर कतिपय गीतहरु भने मौलिकता सँगसँगै समाजिक विषयवस्तुलाई ध्यानमा राखेर बनाइएका छन् ।

आफू हराएको परिवेश

आज तिमीमा न ममा आफ्नो नियन्त्रण छ हामी कसैको रिमोटले चलायमान हुने खेलौना बस यौटा पुतली बन्दै गइरहेका छौ यसैले त तिमी र मैले इसारामा हिँड्नु परेको छ उठ् भन्दा उठ्नु बस भन्दा बस्नु परेको छ आफ्नो स्वविवेक ज्यान , यो बाँच्ने अधिकार गुमेको अवस्था छ लाग्छ म बिकिसकेको छु कसैले मलाई थाहै नदिई बेचिसकेको छ यसैले म तिमीलाई दुई शब्द शुभकामना पठाउन सक्तिनँ ।

सपनामा आमा

उफ ! सपना पो रहेछ सपनामा मैले आमालाई देखेँ । यत्तिखेर आफै आमा हुँ म हिजोआज मेरी छोरीको हरेक सपनामा म हातमा फूल समातेर हाँस्दैहाँस्दै उभिएकी हुन्छु ।

गोकुल अधिकारीका दुई मुक्तक

विकास सुवास नभएको फूलले घोच्छ अराजक मान्छेको हूलले घोच्छ ठेकेदारहरू चलाख भएको यो मुलुकमा बनिनसक्दै भत्कने पुलले घोच्छ ।

आमा

तिम्ले शहरसम्म पोको पर्दिन्छौ एक मुरी अनतीको चामल तिम्रो आँगनमा आजभोलि खुशी मुस्किलले भित्रिन्छ ।तिमीलाई कहिल्यै घाम चर्को भएन घरभरि मुस्किल थिए झर्को भएन मारेर आफ्ना रहरहरू थियौ अझै खुशी कहिल्यै आङमा गतिलो सर्को भएन तर पनि थियौ कत्ति खुशी आमा ।

भूमिका

त्यहाँ बडो गम्भीर छलफल सुरु भयो । एउटाले सीता कतै गएकी होली, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा भने । अर्काले खोज जारी राख्नपर्छ, कुनै न कुनै दिन भेटिहाल्छ नि भने । अर्कोले माइत पो गई कि भन्ने खालको शंका व्यक्त गरे । एउटाले त यति रमाइलो मनमोहक दृश्य छ त्यही हेर्न सीता कतै आफूखुशी गएकी होली, उनलाई पनि कतै जाने हक छ । त्यसैले हतारमा किन खोज्न जाने भनेर भनेर तर्क राखे ।

जगत नवोदितका मुक्तकहरू

आशमा जिन्दगी बित्यो, खूब अफसोच छ ठन्डी याममा नाङै, कसरी कोही मदहोस छ देश बिग्रियो भनेर सधैं नेताजीलाई गाली गर्छौ सलाई नबल्नुमा के काँटीको मात्र दोष छ ।

खोल

उनले आफ्नो कपाललाई जुरो बाँध्न हात पछाडि लगेकी छिन् । यसो गर्दा उनका स्तन नाइटीबाट पुल्टुक्क देखिएका छन् । बाहिर निस्कौँलाझैँ गर्दैछन् । यो दृश्य मेरा लागि मनमोहक भएको छ । म उनको यो अदामा हराएको छु । उहिले कुर्कुरे बैँसमा भारतबाट निस्कने ‘अंगडाइ’ पत्रिकाको कभर पृष्टमा देखिएकी अलमस्त सुन्दरीको तस्वीरझै लागेकी छिन् उनी ।

राजेन्द्र थापाका मुक्तकहरू

आफू सुन चर्नु हुन्छ कर्णालीमा किन नून छर्नु हुन्न सय वचन दिए पनि यौटै किन पूरा गर्नु हुन्न गरीवलाई मात्र शहीद बनाउन खप्पिस तपाईंहरू सयचोटि गरीब मर्दा एकचोटि किन मर्नु हुन्न ।

हरिकृष्ण काफ्लेका पाँच मुक्तक

प्रकृतिले वाणी दियो, बोल्नु उसको भूल थिएन। मीठो बोल्दा फँस्यो मैना, बोल्नु अनुकूल थिएन । बाँचुन्जेल जुन मालीले बगैंचाको सेवा गर्यो, मरेपछि चितामाथि, एउटा थुंगो फूल थिएन।।

सम्झनाका तप्केनीमा मेरो हलेसी

चाम्लिङ राईका खलक सिकारी बागवंशी राईले उहिलेकै युगमा सर्वप्रथम यो गुफा पत्ता लगाएका थिए । सिकारी बागवंशी आफ्ना दुई सिकारी भोटे कुकुरको सहायताबाट यो गुफामा आइपुगेका थिए । उनले त्यो गुफामा तिन आँखा भएको मृग फेला पारेका थिए । त्यो समयदेखि नै हाम्रा पुर्खाहरूले किरातेश्वर महादेव र सुम्निमाका रूपमा पूजा गर्दै आएका छन् । हाल पनि हलेसी क्षेत्रमा बसोबास गर्ने प्रमुख बासिन्दा चाम्लिङ राई नै छन् । त्योभन्दा पहिले त यहाँ कोही पुग्न सक्दैनथ्यो ।

जली आइन

जलीले एकपटक निरीह आँखाले मलाई हेरी र आँखा चिम्ली । मलाई निकै दिनपछि मात्र थाहा भयो, उसले सधैंका निम्ति आँखा चिम्लेकी रहिछ । यो अँध्यारो संसारकी त्यो अभागिनी अबोध बालिकाले दुनियाँबाट एक्कासि बिदा लिई । घरमा रुवाबासी चल्यो । आमालाई त दुईचार जनाले अँठयाउनै परयो । मैले त के भएको भनेर थाहै पाइनँ ।

जीवनको नक्शा

माघको चिसो रात सडकहरू न्यानो सपना ओछ्याएर सुखद सपना ओडेर निदाउने टुहुरा बाबु नानीहरूको कविता लेख भन्छौ भने , म र्निदयी मनहरूको कविता लेख्थेँ . जसका आँखा भएर पनि कहिल्यै हेर्न जानेन ।

अक्षर राजनीति

महिलालाई आदरपूर्वक सम्बोधन गर्न हाम्रा पूर्वजले “आइमाई” शब्द प्रयोगमा ल्याएका हुन् । ‘माई’ शब्दले माता वा देवीलाई बुझाउँछ । मनकामनामाई, चुरीयामाई, छठीमाई आदि यसका उदाहरण हुन् । ‘आई’ को अर्थ आया वा काम गर्ने महिला हो । तसर्थ समग्रमा आइमाईको अर्थ ‘कर्मकी देवी’ वा ‘कर्मकी माता’ भन्ने हुन्छ । मन्दिरमा रहने माता केवल आस्थाकी प्रतीक हुन् भने ‘आइमाई’ कर्मशील माता हुन् ।

अन्तिम इच्छा

टाउकोमाथिबाट कुदिरहेको सूर्यलाई समाएर राख्नु छ बादलको झोलामा अनि लगेर छाड्नुछ अँध्यारो बस्तीमा गल्छेंडो छिचोल्दै बगिरहेको नदीलाई काँधमा राखेर पुरयाउनुछ दुर्गम गाउँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्