धु्रव मधिकर्मी
त्यहाँ बडो गम्भीर छलफल सुरु भयो ।
यसो कतै प्राकृतिक दृश्यावलोकन गर्न परयो भन्दै राम, सीता र लक्ष्मण जंगलमा घुम्न गएका थिए । चारैतिर हरियाली थियो । शहरमा सा¥है गर्मी थियो । त्यसैले शीतलताका लागि जंगलमा सयर गर्ने क्रम बढेको थियो । जंगलमा अरू पनि केही ब्यक्तिहरू घुम्न आएका थिए । जंगल घुम्न र बस्नलायक हुनेगरी ठाउँठाउँमा रिसोर्ट (कुटी)को व्यवस्था गरिएको थियो । मौसम रमाइलो थियो ।
रिसोर्टमा पुगेर केहीबेर आराम गरेपछि राम एक्लै यसो जंगलमा टहल्न निस्केको थियो । लक्ष्मण पनि यसो कता के छ भनी हेर्न गएको थियो । त्यही बेला कसैले सीतालाई अपहरण गरयो ।
राम र लक्ष्मण फर्केपछि त्यहाँ सीतालाई नदेखेर चकित परे ।
तिनीहरूले केहीबेर पर्खे तर धेरैबेरसम्म पनि नफर्केपछि तिनीहरूले प्रहरीलाई खबर गरे ।
खबर पाएलगत्तै प्रहरी खोज्नतिर लाग्यो । राम र लक्ष्मण आफै पनि यताउता कुदेर खोज्न गए । केही शुभचिन्तकहरूलाई पनि गुहारे । तर कतै कहीँबाट कुनै सूत्र फेला पार्न सकेनन् । प्रहरीले हार मानेन । खोज्दैछौं भने तर फेला परेको होइन ।
अब के गर्ने ?
त्यहाँ बडो गम्भीर छलफल सुरु भयो । एउटाले सीता कतै गएकी होली, आइहाल्छे किन चिन्ता गर्ने अनाहकमा भने । अर्काले खोज जारी राख्नपर्छ, कुनै न कुनै दिन भेटिहाल्छ नि भने । अर्कोले माइत पो गई कि भन्ने खालको शंका व्यक्त गरे । एउटाले त यति रमाइलो मनमोहक दृश्य छ त्यही हेर्न सीता कतै आफूखुशी गएकी होली, उनलाई पनि कतै जाने हक छ । त्यसैले हतारमा किन खोज्न जाने भनेर भनेर तर्क राखे ।
धेरैबेर तर्कवितर्क चल्यो ।
अन्तमा एउटाले सल्लाह दियो, ‘अब रामले हराएको सीतालाई कुरेर बस्ने होइन । अर्को सीता खोजेर बिहा गर्नुपर्छ ।
हनुमान, जाम्बुवान र सुग्रीवहरू केही बोल्न सकेनन् ।
प्रकाशित: २१ श्रावण २०७७ ०८:५५ बुधबार