२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

आफू हराएको परिवेश

कविता

समीर पाख्रीन 


 

नि:शब्द छु
दुई शब्द शुभकामना
पठाउन सक्तिनँ
भ्रमको जालोमा कैद रहेछौ
उद्धारको दुई शब्द
कामना गनॅ सक्तिनँ

म झै तिमी पनि
त्यही कुरामा अडिग छौं
जुन तिम्रो मस्तिष्कमा
अनि मेरो
दिल दिमागमा
कसैले कोची दिएको छ

आज तिमीमा
न ममा आफ्नो नियन्त्रण छ
हामी कसैको रिमोटले
चलायमान हुने खेलौना
बस यौटा पुतली बन्दै गइरहेका छौ
यसैले त तिमी र मैले
इसारामा हिँड्नु परेको छ
उठ् भन्दा उठ्नु
बस भन्दा बस्नु परेको छ
आफ्नो स्वविवेक
ज्यान , यो बाँच्ने अधिकार
गुमेको अवस्था छ

लाग्छ म बिकिसकेको छु

कसैले मलाई

थाहै नदिई बेचिसकेको छ
यसैले म तिमीलाई
दुई शब्द शुभकामना
पठाउन सक्तिनँ 
पठाइहाले पनि
त्यो तिमीसम्म पुग्दैन
किनकि
आज तिमी र म माझ
कुनै अदृश्य शक्तिको उपस्थिति छ 
यसैले त
मन मस्तिष्कले मात्र होइन
नजर दृष्टि समेतले
धोका दिन थालेको छ
जे देख्छौ पत्यार लाग्दैन
जे भन्छु बुझ्न सक्तैनौ
बस उसले जे भन्छ
भन्दैछ , देखाउँदैछ
त्यही नै सत्य लाग्छ तिमीलाई
किनकि हामी उसको अदृश्य
साङ्लोमा बाँधिएका छौ
सत्य कुरा पत्याउने
हाम्रो विवेक
उसैले नियन्त्रणमा लिएको छ
यसैले त हामी
सुन्छौ तर पत्याउन सक्तैनौ
महसुस गछौॅ
तर व्यक्त गनॅ सक्तैनौ ।

प्रकाशित: २२ श्रावण २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App