२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

अन्तिम इच्छा

कविता

  मीनकुमार नवोदित

 छरपस्ट समयलाई टिपेर  

 थन्क्याउनु छ  

कागजको दराजमा

 र, आत्महत्या गर्न हिंडेको हावालाई  

फर्काउनुछ जीवनको लयमा ।

 

 टाउकोमाथिबाट कुदिरहेको  

 सूर्यलाई समाएर  

राख्नु छ बादलको झोलामा

 अनि लगेर छाड्नुछ  

अँध्यारो बस्तीमा  

 गल्छेंडो छिचोल्दै बगिरहेको नदीलाई

 काँधमा राखेर  

पुरयाउनुछ दुर्गम गाउँ ।

 

 खुला आकाशमा मन्दिर बनाएर

 राख्नु छ सबै देउतालाई एकैठाउँ

 अनि गर्नु छ पूजा  

सबैलाई एउटै नामबाट ।  

 

 कुहिरोको जहाज चडेर  

यात्रा गर्नु छ स्वर्गको

 पुर्खाहरूलाई भेटेर  

गफिनुछ एकैछिन  

 बुभ्mनु छ  

पुर्खाहरूको घरघर पुगेर दुःखसुख

 हिउँको मैदानै–मैदान फर्किएर

 सुनाउनु छ शासकलाई  

पुर्खाहरूको खबर ।

 

 इन्दे्रणीको पुल तरेर  

जानु छ घर  

 र, बाआमाको वैवाहिक स्वर्ण उत्सवमा

 भाग्दै गरेका सन्तानहरूलाई समाएर  

दिनु छ एउटा स्वर्णिम उपहार ।  

प्रकाशित: १८ श्रावण २०७७ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App