सानु शर्मा ठुली
१
मुक्तक मायाजालमा पारी रातको निन्द्रा भगाउनेसँग होसियार।
मायाकै आभाष दिलाई इज्जत डगाउनेसँग होसियार।।
अमूल्य जीवनमा फोहोरी खेल खेली अस्तित्व लुट्ने गर्छन् ।
बनावटी बात गरेर झूटो माया लगाउनेसँग होसियार।।
२
मुक्तक समर्थन गर्न सकूँ परिस्थितिमा बाधा आए पनि।
धैर्यतामा अडिन सकूँ आँखामा बादल छाए पनि।।
आखिर यो जिन्दगी संघर्स गर्ने लडाईंका मैदान हो
हाँसेरै बिताउछु समयलाई,बाउन्न ठक्कर खाए पनि।।
३
मुक्तक बोल्न हाँस्न कन्जुस्याइँ गर्नेहरूले पनि मर्नुपर्छ
धनैधन थुपारेर सन्दुस भर्नेहरूले पनि मर्नुपर्छ।
दुईदिन बाँचुञ्जेल तेरोमेरो भनी लुछाचुँडी किन
वैमनस्यताको भावना छर्नेहरूले पनि मर्नुपर्छ ।।
४
मुक्तक मायामा पनि नाफानोक्सान हेर्ने चलन आयो
पैसा छ कि छैन चिप्लो धसी केर्ने चलन आयो ।
झन् – झन् स्वार्थी बन्दै आए मानवहरू कलियुगमा
नोटैनोटवाली देखे अँगालोमा बेर्ने चलन आयो ।।
५
मुक्तक जातलाई गिराई किन औला ठड्याउनु भनी ठूलोसानो
महल सबैको हुँदैन नि, बासास्थान नै हो झिँगटीको छानो
जोकोहीको दुखलाई खिसी गरी उडाउनु अपराध गर्नु हो
दुखसुख त जिन्दगीका दुई पाटा हुन गरी खाउँ मानो।।
प्रकाशित: २२ श्रावण २०७७ १०:३४ बिहीबार