१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पोलिमर नोट छपाइमा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्द मुद्दा दायर

पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित ३ जना विरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ।

७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ।

आमाबुवाको उमेर बढाएर वृद्धभत्ता खाने सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

छुवाछूत मुद्दा : कि मिलापत्र कि अलपत्र

राज्यले जातीय छुवाछूत अन्त्य घोषणा गरेको दशकौँ बितिसक्यो। छुवाछूत गर्नेलाई दण्ड सजाय बढाएको अवस्था र देशका विभिन्न ठाउँहरूमा जातीय विभेद उन्मूलन राष्ट्रिय दिवस मनाइरहेको अवस्था छ। तर जातीय विभेद तथा छुवाछूतको घटनाको जाहेरी दर्ता नगर्ने, अनुसन्धान प्रक्रियामा विभेद र ढिलासुस्ती कायम नै रहेको छ। जातीय विभेद र छुवाछूतको घटना प्रत्यक्ष रूपमा बाहिर आएर पनि सो जाहेरी दरखास्त दर्ता गर्न प्रहरी प्रशासनले इन्कार गर्दै आएका छन्।

प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीसहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका ३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। भगत नेपाली सेनाका भगौडा हुन्। उनले रिट निवेदनमा प्रधानमन्त्रीदेखि गृहमन्त्री, सेना र प्रहरीका प्रमुखसम्म २१ जनालाई विपक्षी बनाएका छन्।

भ्रष्टाचारका मुद्दा थाती

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन्।

श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार

कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।

एनसेल लाभकर मुद्दाको सुनुवाइ स्थगित रहस्यपूर्ण

विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्री लाभकर मुद्दाको अन्तिम सुनुवाइ सर्वाेच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपूर्ण रूपमा स्थगित भएको छ।

मुद्दा छिनिन्छन्, कार्यान्वयन हुँदैनन्

२००४ साल साउन २६ मा प्रधान न्यायालय मातहतको जिल्ला अदालत काठमाडौंले एउटा मुद्दा छिन्यो। प्रतिवादी हासी भनिने यसबहादुर कार्कीलाई हाजिर जवानी मुद्दामा पाँच वर्ष चार महिना कैद र एक हजार दुई सय ३५ रुपैयाँ जरिबाना ठहर ग-यो।

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

थुनुवा भगाएको आरोपमा प्रहरीलाई मुद्दा

प्रहरीको नियन्त्रणमा रहेका एकजना थुनुवा भगाउन सहयोगी बनेको भन्दै दाङ प्रहरीले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। गत २६ गते सार्वजनिक अपराध तथा नैतिकताको बिरुद्ध कसुरमा प्रहरी नियन्त्रणमा रहेका तुलसीपुर ५ का बिष्णु बुढाथोकी भागेका थिए।

पाँच लाख घुससहित समातिएका सह न्यायधिवक्ताविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सहन्यायधिवक्ता विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उच्च सरकारी वकिल कार्यालय पोखराका सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत मंगलवार मुद्दा दायर गरेको हो।

कर्तव्य ज्यान मुद्दाका दोषी ७ वर्षपछि पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार दोषी ७ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा सर्बोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६ हौंचुरका ३८ वर्षीय रामचन्द्र राई फरार रहेको लामो समयपछि पक्राउ परेका हुन्।

शर्माद्वारा नागरिकविरुद्ध गाली बेइज्जती मुद्दा दायर

साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले नागरिक तथा रिपब्लिका दैनिकले आफूविरुद्ध समाचार प्रकाशित गरी गाली बेइज्जती गरेको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा फिराद दायर गरेका छन्।

मुद्दामा जेलिँदै स्थानीय सरकार

पशुपति आदर्श माध्यमिक विद्यालय, लहानका निमित्त प्रधानाध्यापक परमेश्वर रायलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेर नगरपालिकाको नगर शिक्षा समितिले शिक्षा समन्वय इकाइ सिरहामा सोसम्बन्धी पत्र पठायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्