बम्जन आश्रम प्रकरण : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी
तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ। पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।