५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवाविरुद्धको मुद्दा खारेज

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ। 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको शुक्रबारको संयुक्त इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो।

अधिवक्ता हरि मैनालीले आइजिपी नियुक्तीमा तत्कालिन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना गर्नेगरी निर्णय गरेको भन्दै पार्टी र सभापति देउवालाई विपक्षी बनाई २०७३ साल चैत २० गते सर्वाेचमा रिट दायर गरेका थिए। 

सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेको थियो। चन्दको नियुक्ति तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले कार्यपालिकाको क्षेत्राधिकारमा अदालतबाट हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो। 

प्रकाशित: ६ पुस २०७५ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App