१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विदेशी कामदारको उद्धार हम्मे

सिराहा, तुल्सीपुर–५ का २० वर्षीय नगेन्द्रप्रसाद महतो दुबईमा अलपत्र परेको खबर पाएपछि यतिखेर परिवार बेचैन छ। आर्थिक जोहो गर्न २०६९ साल चैत २ गते वैदेशिक रोजगारीमा गएका महतो केही महिनायता कम्पनीको यातना सहन नसकेपछि लुकेर बसेको जनाउँदै परिवारले उद्धार गरिदिन सरोकारवाला निकायमा हारगुहार गरे पनि ती निकाय चुपचाप झैं छन्।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अपहरित बालक २६ घण्टामै सकुसल उद्धार

बिहीबार अपहरण गरिएका धनकौली गाव्सि–४ गगनीका १० वर्षे बालक अजय मल्लाहलाई प्रहरीले २६ घण्टा मै सकुसल उद्धार गरेको छ। प्रहरीको बिशेष टोलीले अजयलाई रुपन्देहीको बनगाई गाविस–९ सिसोहनीयाबाट शुक्रबार साँझ ६ बजेतिर अपरहणमुक्त गराएको प्रहरी नायव उपरीक्षक प्रल्हद अधिकारीले बताए।

त्रिशुलीमा ट्रक खस्यो, सात जनाको उद्धार

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ ।

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्तीको एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मीले घर घेरा हालेका थिए। केही भित्र पसेका थिए। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अँगालोमा राखे। र, बिस्तारै घरबाहिर निस्किए।

पहिरोबाट पीडितलाई राहत र उद्धारमा सकस

बाढी र पहिरोबाट पीडितलाई राहत र उद्धारकालागि सकस परेको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला दैवी उद्धार प्रकोप समितिको सुस्तताका कारण पीडितले समयमै राहत पाउन सकेका छैनन् । सोमबार रातिदेखि अबिरल वर्षाका कारण पहिरोको क्षति उच्च रहेपनि बुधबार बिहानमात्रै दैवी प्रकोप उद्धार समितिको बैठक बसेको थियो।

राप्तीको चौफेरी गाउँमा फसेका १ सय ४ जनाको उद्धार

राप्ती नदीको बाढीमा अलपत्र परेका बाँके, होलिया–४ चौफेरी गाउँका थप १ सय ४ जनाको बुधबार उद्धार गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो। हेलिकप्टरबाट दिउँसो उद्धार गरी सुरक्षित स्थान खडैचामा लाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए।

तातोपानीबाट ५८ को उद्धार

भोटेकोसी बाढीले घरवारविहीन ५८ पीडितलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार तातोपानीबाट उद्धार गरेको छ। सेनाको एमआई१७ हेलिकप्टरले दुई खेपमा उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएकामा धेरै बालबालिका र महिला छन्।

थानकोट नाकाबाट दुई युवतीको उद्धार

प्रहरीले कुवेतमा घरेलु कामदारका लागि बेच्न लैजाँदै गरेका दुई युवतीको उद्धार गरेको छ। घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले माइती नेपालको सहयोगमा नागढुंगा नाकाबाट बुधबार सिन्धुपाल्चोकका २० वर्षे दुई युवतीको उद्धार गरेको हो।

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

काठमाडौं- सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्यूठानमा पहिरोमा परि मृत्यु भएका ८ परिवारलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको बताएकी छन्।

गोरखामा पहिरोमा परेर तीनको मृत्यु, हेलिकप्टरबाट घाईतेको उद्धार हुँदै

गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो।

अपहरण गरी भारत लैजाँदै गरेका युवकको उद्धार, अपहरणकारी पक्राउ

विराटनगर—अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ। धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धर्मस्थलीमा खाेलाले बगाएका सरकारी कर्मचारीको उद्धार, विष्णुमतीले बगाएकी महिला बेपत्ता

काठमाडौं— तारकेश्वश्र नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले शुक्रबार धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बगायो। मोटरसाइकल सहित बगाएका उनको खोजीमा खटिएको प्रहरीले केही समयपछि सकुशल उद्धार गरेको थियो।

दाम्लोमा बाँधिएका अपाङ्गलाई उद्धार गर्ने कसले ?

टिनको छानोको थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ छ । भित्र दुई छेउमा पुराना खाट । सँगै एउटा बेन्च । चिसो भुइँमा राखिएको थोत्रो सुकुल । त्यसमाथि लडिरहेका एक युवा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्