१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

  अहमदलाई बन्धक बनाई पीडितका दाजुसँग १ करोड रुपैयाँ माग गरेको, रकम नदिए तथा प्रहरीमा खबर गरे मारीदिने धम्की दिएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएपछि परिचालित प्रहरीले लेखनाथ नगरपालिका–८ शिशुवास्थित अशोक अधिकारीको घरमा उनलाई बन्धक बनाएको र घरको पछाडिबाट डोरी लगाई तल झर्दै गरेको अवस्थामा भदौ १३ गते फेला पारी उद्वार गरेको थियो। घटनास्थलबाट प्रहरीले मेड इन यूएसए लेखिएको पेस्तोल १ थान बरामद गरेको प्रहरीले जनाएको छ।

  अनुसन्धानकोक्रममा सोनुलाई अपहरण गर्न प्रयोग गरेको गाडीका चालक पोखरा उपमहानगरपालिका–९ नयाँबजार बस्ने भारत उत्तरप्रदेश गोरखपुर जिल्ला हमादीपुरका २५ वर्षीय शाहाबुद्धिन कुसेरीलाई पक्राउ गरेको   थियो। साथै घटनामा संलग्न नवलपरासी कावासोती नगरपालिका–११ बस्ने २१ वर्षीय अरुण घलेलाई शुक्रबार रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ।

 घटनामा संग्लन अन्य अभियुक्तहरुको खोजी गर्नुको साथै प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रकाशित: १८ भाद्र २०७३ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App