१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।

विदेशी जेलका कामदारको उद्धार पहल गरिँदै

सामान्य कानुनी ज्ञान र भाषागत समस्याले दिनहुँ ठूलो संख्याका नेेपालीले गन्तव्य मुलुकका प्रहरी, प्रशासनको अनाहकमा यातना सहनु परेको गुनासो।

चीन पुर्‍याइएका तीन नेपालीको उद्धार

मानव तस्करले चीनमा आकर्षक काम दिलाइदिने भन्दै त्यहाँ लगेर अलपत्र पारेका तीन नेपालीलाई बेइजिङस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ।

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

४ बालश्रमिकको उद्धार

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाउने दुई उद्योग सञ्चालकलाई बिहीबार प्रहरीले पक्राउ गरी त्यहाँबाट ४ बालकको उद्धार गरेको छ ।

तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा रांकोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको छ ।

भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार

सरकारले भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार  गरेको छ। केन्द्रीय बालकल्याण समितिले भारतका विभिन्न बालगृहमा रहेका बालबालिकालाई उद्धार गरेर काठमाडौं ल्याएको हो।

खोरमा थुनिएका दुईको उद्धार

राजधानीको पानीपोखरी राष्ट्रपति भवनपछाडिको एक घरमा बन्धक बनेका सुस्त मनस्थितिका दुई जनाले उपचार पाएका छन्। गरिबीका कारण उपचार गर्न नसकेर घरमै बन्धक बनाइएका किशोरलाई आइतबार पाटन मानसिक अस्पतालमा उपचार गराइएको हो।

हिम पहिरोमा पुरिएको ४० घण्टापछि दुई बालिकासहित आठको जीवितै उद्धार

मध्यइटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा आठ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

उद्धार गरिएका युवाद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद

प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार

भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। भारतको मिज्जफफरपुर जिल्लामा रहेको निर्देशक सञ्चालक रहेको बालगृहमा राखिएका दैलेख निवासी बालकको उद्धार गरिएको हो।

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्