२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चीन पुर्‍याइएका तीन नेपालीको उद्धार

काठमाडौं- मानव तस्करले चीनमा आकर्षक काम दिलाइदिने भन्दै त्यहाँ लगेर अलपत्र पारेका तीन नेपालीलाई बेइजिङस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल फर्काएको छ।

चीनको सानदोङ प्रान्तबाट दूतावासले उद्धार गरेका तीन नेपालीमा मेघराज लिम्बु, सूर्जेबहादुर लिम्बु र तेजबहादुर चोङबाङ छन्।

चिनियाँ अधिकारीको सहयोगमा तीन नेपालीको उद्धार गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तस्करले उनीहरूलाई ३० दिनको टुरिस्ट भिसामा चीन पुर्‍याएको दूतावासले जनाएको छ। उनीहरूलाई मंगलबार स्वदेश फर्काइएको दूतावासले बताएको छ।

प्रकाशित: १ वैशाख २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App