१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न सकिंदैन

नेपाल बार एशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ।

पत्रकारलाई फसाउन खोजेको आरोपमा दुई प्रहरी निलम्बित

रौतहटमा पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन संलग्न रहेको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन्।

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए।

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए। कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

निलम्बित नेता नेपाल र रावलको सांसद पद के हुन्छ ?

नेकपा एमालेले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेसँगै अब उनीहरूको सांसद पद के हुने भन्ने विषय पार्टी र संसदीय दलकै निर्णयमा निर्भर रहने भएको छ।

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसद निलम्बित

दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ। मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीनजना सांसदहरूलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।

गच्छदार निलम्बित, कांग्रेस असन्तुष्ट

नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उपसभापति विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन्।

थुनुवा फरार प्रकरणः सेन्ट्री र गार्ड कमान्डर निलम्बित

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार प्रकरणमा दुई जना प्रहरी निलम्बित भएका छन्। शनिबार राति हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार भएका बखत गार्ड कमान्डर रहेका प्रहरी हवल्दार महेश कुमार यादव र सेन्ट्री बसेकी प्रहरी जवान सुनिता कटुवाललाई निलम्बन गरेर अनुसन्धान अघि बढाइएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

७० हजार कीर्ते गर्ने प्रहरी जवान निलम्बित

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन्।

छानबिन गर्न समिति, श्रेष्ठ निलम्बित

डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदीय आचारण विपरीत काम गरेको सरकारको आरोपमाथि छानबिन गर्न राष्ट्र बैंकले एक समिति बनाएको छ।

महरा र आलम सांसदबाट निलम्बित

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्। पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्।

गाउँपालिका अध्यक्ष नेकपाबाट निलम्बित

जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद लम्बिँदै गएपछि एक जनप्रतिनिधिसँग अर्को जनप्रतिनिधि नै डराएर हिँडनुपर्ने अवस्था आएको छ। एक जनप्रतिनिधि अर्को जनप्रतिनिधिसँग एक्लै भेटन सक्ने अवस्था नहँुदा सिंगो पालिका नै प्रभावित बनेको छ।

थुनुवा फरार प्रकरण: असईसहित तीन प्रहरी निलम्बित

सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्