३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटनका रेग्मी निलम्बित

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा परेका छन्। बोर्ड सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा बोर्ड सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा दुई जना मन्त्रालयबाट सिफारिस गरिएका व्यक्तिहरू छन्।

रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि दुर्व्यवहार गरेपछि स्पष्टीकरण सोधिएको थियो। रेग्मीले निलम्बनमा परेको पत्र भने पाइसकेका छैनन्। रेग्मीलाई निलम्बन गरेसँगै कार्यवाहक सिइओको जिम्मेवारी स्वतः नन्दिनी लाहे थापालाई गएको छ। रेग्मी २०७६ माघ १४ गते चार वर्षका लागि बोर्डको सिइओ नियुक्त भएका थिए। 

प्रकाशित: ४ पुस २०७८ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App