१४ वैशाख २०८३ सोमबार
image/svg+xml

असिना-पानीले क्षतिग्रस्त बालीको अनुगमन

शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्‍याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ।

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।

डिजिटल रूपान्तरण परियोजनाका लागि एडिबीसँग ऋण सम्झौता

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन राष्ट्र बैंक प्रतिबद्ध : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ।

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ।

खगेन्द्र र विश्वराजको विवादबारे रविले भने- जसलाई मालिक हुन छ, त्यसका लागि रास्वपा होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका दुई सांसदका विवादित अभिव्यक्ति र कार्यशैलीबारे बोलेका छन्।

निर्माण क्षेत्रको सङ्कटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले सोमबार निर्माण क्षेत्रको समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको छ।

माइतीघरमा दुई महिलाले लछारपछार गरेको दृश्य दुखद र लज्जास्पद : श्रेष्ठ

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले महिलालाई खुला सडकमा भिड्न बाध्य नबनाउन आग्रह गरेका छन्।

भूमिहीन नागरिकको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट दायर, मंगलबार सुनुवाई

रिटमा सरकारले पछिल्लो समय सुकुम्बासी बस्ती हटाउन चालेका कदमहरूले नागरिकको मौलिक हक हनन गरेको दाबी गरिएको छ।

पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्छ: नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताएका छन्।

बालेनलाई हर्कले भने: राजनीतिमा आलोचना, व्यक्तिगत रुपमा माया मात्रै

आज प्रधानमन्त्री बालेन्द्र शाहको जन्मदिन । जन्मदिनको अवसरमा शुभकामना आउने क्रम बिहानैदेखि जारी छ । यही क्रममा केही रोचक शुभकामना सन्देश पनि आएका छन् ।

खोटाङका तीन स्थानीय तहले आइतबार पनि विद्यालय खाेल्ने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

विस्थापितलाई कक्षा १२ को परीक्षामा सहभागी हुन सरकारले सहजीकरण गर्ने, माग्यो विवरण

बस्तीबाट विस्थापित भइ कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीलाई सहयोग, समन्वय र सहजीकरण प्रदान गर्ने भन्दै बाेर्डले गुगल फारम भर्न अनुरोध गरेको छ।

आर्थिक स्थिति पत्रले देखायो संरचनात्मक संकट: बचत–लगानी खाडलदेखि बेरोजगारीसम्म गम्भीर चुनौती

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थिति पत्र, २०८३’ ले मुलुकको अर्थतन्त्रमा गहिरिँदै गएको संरचनात्मक समस्या र चुनौतीहरू उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्