६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

बाघको आक्रमणबाट मृत्यु

बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो।

मृत्यु संस्कार गर्न समस्या

किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ ।

रड खस्दा वडा सदस्यको मृत्यु

महाभारत गाउँपालिका वडा नं ४ का वडा सदस्य देवीबहादुर ठाडामगरको उपचारका क्रममा सोमबार मृत्यु भएको छ। सदरमुकाम धुलिखेल छिर्ने सरस्वती बजारस्थित निर्माणाधीन घरबाट रड(डण्डी) खस्दा आइतबार घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो।

चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु

गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो।

मोटरसाईल दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ।  शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन ।

बिहारमा रेल दुर्घटना, ६ काे मृत्यु, दर्जनाैँ घाइते

भारतको बिहारमा ठुलो रेल दुर्घटना भएको छ। आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको ११ कोचको रेल लिकबाट झरेर दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको हो।

जिप दुर्घटनामा १ काे मृत्यु २ घाइते

अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरप्लेट भएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

छाउगोठमा निसासिएर मृत्यु

डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।

चिसोले कठ्याङ्ग्रिएर राजधानीमै मर्छन जनता

काठमाडौं उपत्यकामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय काठमाडौं उपत्यकामा ह्वातै  चिसो बढेसँगै सडकपेटीमा आश्रयस्थल बनाउँदै आएका अशक्त वृद्धवृद्धाको मृत्यु हुने गरेको छ। सडकपेटीमा बसोबास गर्दै आएका वृद्धवृद्धाहरुको उचित स्याहारसुसार नहुँदा दिनहुँजसो ज्यान गुमाउन बाध्य भएका छन्। चिसोका कारणले सडकमा नै बसोबास गर्दै आएका वृद्धवृद्धाहरु उच्च जोखिमा छन्।  महानगरीय  प्रहरी कार्यालय रानीपोखरीका अनुसार चिसोको कारणले उपत्यकामा दैनिक सरदर २ देखी ६ जनाको ज्यान जाने गरेको छ।

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाइते

डडेल्धुरामा चट्याङ लागेर मंगलबार १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

चालू आर्थिक वर्षमा केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ। कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्