५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनसेलले दायर गरेको रिटमा आज पेशी

आफूमाथि करिब ५८ अर्ब रुपैयाँ कर निर्धारण तत्काल रोकिपाउँ भन्दै करिब तीन वर्षअघि एनसेलले रिट दायर गरेको थियो।

खेल संघ वर्गीकरणको तयारी

खेल क्षेत्रमा लामो समय क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ।

अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन्।

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ।समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो।

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

निर्वाचन क्षेत्रको जोखिम निर्धारण गर्दै सरकार

आउदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद्को निर्वाचनमा सरकारले जोखिमका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्। चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन्।

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

पदमार्गमा सञ्चालित होटलका लागि दररेट निर्धारण

गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलका लागि पहिलो पटक दररेट निर्धारण गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको लागि नयाँ दररेट निर्धारण गरेको हो।

संसदीय समिति निर्देशन विवादमाः व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारण

प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।

पाँच सयले बढ्यो सुन

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्