१० मंसिर २०८१ सोमबार
image/svg+xml

दिल्लीमा दाहालको अासन्न भारत भ्रमणबारे छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्।

उपप्रधानमन्त्री निधि आज भारत जाँदै

सरकारको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गर्दैछन्। संविधान जारी भएपछि बिग्रेको नेपाल–भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न उनलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो।

‘नेपाल–भारत सम्बन्ध कसैले बिगार्न सक्दैन’

नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने दाबी गरेका छन्।‘नेपाल र भारतबीच अत्यन्तै मैत्रीपूर्ण र ऐतिहासिक छ,’ बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सम्बन्ध अहिलेदेखि होइन, प्राचीनकालदेखि नै घनिष्ठ छ।’

नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै: रणजित राय

नेपालकालागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै हुने बताएका छन्। उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमण भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित हुने बताए।

विद्युत् प्राधिकरणकाे आधा आम्दानी भारतलाई

नेपाल विद्युत प्राधिकरणले एक वर्षमा जति आम्दानी गर्छ त्यसको आधाभन्दा बढी हिस्सा भारतलाई बुझाउने गरेको छ ।

भारतीय नाकाबन्दीले गरेन असर

स्वतन्त्र मुलुकका सार्वभौम जनता आफैंले संविधान जारी गरेको झोंकमा छिमेकी भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व इन्धन अभाव झेल्नु परे पनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ।

भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचउरस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झण्डा फहराएर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलहरु मधेस आन्दोलनका क्रममा मृत्यु भएका ६८ जनालाई शहीद घोषणा गर्न सहमत भएका छन्। सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउने सहमति भएको हो।

डेढ सय ग्राम यार्सासहित एक महिला भारतमा पक्राउ

दार्चुला– सीमामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक सय पचास ग्राम यार्सागुम्बासहित एक नेपाली युवतीलाई प्रक्राउ गरेको छ। सीमावर्ती बजार धार्चुलाबाट नेपालतर्फ ल्याउँदै गर्दा झोलु पुल तर्ने क्रममा चेकजाँच गर्दा उक्त परिणामको यार्सा फेला परेको हो।

भारतीय खेलमन्त्रीको अभद्र शैली

भारतीय खेलकुदमन्त्री विजय गोयलले रियो ओलम्पिकमा निषेधित क्षेत्रमा असम्बन्धित मानिसलाई लिएर जान खोजेको तथा आक्रामक र रुखो व्यवहार गरेको भन्दै आयोजकले शुक्रबार उनको एक्रिडिएसन कार्ड रद्द गर्ने चेतावनी दिएका छन्।

भारतीय खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको चेतावनी

रियो दि जेनेरियो— रियो ओलम्पिक आयोजक कमिटीले भारतीय खेलकुदमन्त्री विजय गोयलको व्यवहारबाट आफूहरु दिक्क भएको भन्दै उनको एक्रिडेशन कार्ड रद्ध गर्ने चेतावनी दिएको छ।

दुई उपप्रधानमन्त्री भारत र चीन जाँदै

सरकारले दुई छिमेकीसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्री भारत र चीन पठाउने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले छिमेकीसँग सम्बन्ध सुधार र आपसी मित्रता कायम गर्न गृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधिलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउन लागेको हो। उनीहरू आगामी भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा ती देश जाँदै छन्।

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने सरकारको निर्णय

सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।

ओलम्पिकप्रति क्रेजी बन्दै भारतीय

नयाँ दिल्लीको मध्यभागमा रहेको एउटा पार्कमा राखिएको ठूलो पर्दामा ओलम्पिकका खेल हेरिरहेका छन् मानिसहरू। भारतीय युवाहरू गफ गर्दै सेल्फी र पर्दा अगाडि फोटो खिचाउन उत्सुक देखिएका छन्। यस्तोे मौका साहसिक खेल हुँदा कहिलेकाहिँ मात्र आउने गर्छ युवाहरूका लागि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्