६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।

प्रअको कुटाइबाट विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी अर्धचेत

जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

उद्योगद्वारा विद्यालयलाई १० लाख

वीरगन्ज पथलैया करिडोरमा पर्ने रामपुर टोकनीस्थित जनता उच्च माध्यामिक विद्यालयमा अब प्राविधिक शिक्षा अध्यापन हुने भएको छ। करिडोरका दुई औद्योगिक समूहले ‘कर्पोरेट समाजिक उतरदायित्व’अन्तर्गत सो विद्यालयमा कृषितर्फ तीनवर्षे प्राविधिक शिक्षा सुरु गर्न पाँच–पाँच लाख रुपैयाँका दरले सहयोग गरेपछि यो सम्भव भएको हो।

सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो।

‘हेडमास्टर’ बन्न परीक्षा दिनुपर्ने

शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही दिनमै थुलुङ दुधकोशी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अबलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार बर्ष’कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

बुढानिलकण्ठको प्रधानाध्यापक छनोटमा दलीय दबदबा

नेपालको शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तर र छवि बोकेकोे बुढानीलकण्ठ माध्यमिक विद्यालयको नयाँ प्रिन्सिपल छनोट पक्रियामाथि आंशका उत्पन्न भएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थी ‘सिकाउने र टिकाउने अभियान’

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने बताएका छन्।

माविको हेडमास्टर एमफिल हुनुपर्ने

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित शिक्षा, विज्ञान प्रविधि उपसमितिले आधारभूत तहमा प्रधानाध्यापक हुन स्नातकोतर तह पास गरेको र माध्यमिक तहमा प्रधानाध्यापक हुन एमफिल उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ। माध्यमिक तहमा ११ र १२ कक्षा हुने भएपछि उपसमितिले यस्तो सुझाव दिएको हो।

घुस माग्ने प्रधानाध्यापक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकबाट ऋण मिलाइदिने भन्दै घुस माग्ने एक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ।

संस्कृत स्कुलका ती दिन...

घर नजिकै रहेको कमलादेवी प्राविबाट कक्षा ५ उत्तीर्ण गरेपछि मनमा नयाँ स्कुल उत्साह, अन्योल र खुसी तरंगित भइरहेका थिए। त्यतिबेला गाउँमा दुई ठूला स्कुल थिए– सिपा तीनघरे निमावि र ऐंसेलुखर्क मावि। पढाइ, अनुशासन र अतिरिक्त क्रियाकलापमा सिपा तीनघरे निमावि सिन्धुपाल्चोक जिल्लाभर अब्बल मानिन्थ्यो। कक्षा ७ सम्म पढाइ हुने भए पनि गाउँका धेरै मानिसको रोजाइ तीनघरे निमावि थियो।

विद्यालयकी एक्ली विद्यार्थी

मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी हुन् खुसी राई। उनी कक्षा २ मा पढ्छिन्। विद्यालयमा तीन विद्यार्थी भर्ना भए पनि उनी मात्र नियमित स्कुल आउँछिन्। विद्यालयमा शिक्षक पनि एकजना मात्र छन्, बाबुराम राई। स्थायी शिक्षक उनी प्रधानाध्यापक हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्