२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन

प्रदेशसभा नियमावलीको नियम निलम्बन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट ल्याएको छ। प्रदेशसभा नियमावली अनुसार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश भएको १५ दिनपछि मात्र बजेट ल्याउनुपर्ने प्रावधान छ। तर, यसअघिको प्रदेशसभा बैठकमा (वैशाख १३ गते) आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उक्त विधेयक पेश गरेका थिए । त्यसको सातदिनभित्रै प्रदेश सरकारले बाँकी समयको लागि बजेट पेश गरेको हो ।

स्वर्णिम संकेतको दशक

सन् १९६१ को जनगणनामा नेपालीको औसत आयु ४० वर्ष थियो । अहिले ६८ वर्ष छ । सडक, पूर्वाधारदेखि चेतनासम्ममा भएको विकाससँगै उपचार प्रविधिमा मारेको फड्कोको सबैभन्दा प्रमुख उदाहरण औसत आयुमा भएको वृद्धि हो।

सैलुनबाट स्वरोजगार

काम सानो वा ठूलो हुँदैन। कामलाई विभेद नगरे आफ्नै गाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सोलुखुम्बु सोताङका नरेन्द्रबहादुर राई। सोताङ गाउँपालिका–३ सोताङ खहरेका ६३ वर्षीय राईले घरैमै सैलुन व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन्।

इन्द्रबहादुरलाई स्वर्ण

पाकिस्तानी प्रतिद्वन्द्वी बाबर हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपालका इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियसिपमा आइतबार स्वर्ण पदक जितेका छन्।

युवा स्वराेजगार काेषले युवालार्इ अब पाँच लाख ऋण दिने

युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ।

नेपालका रविनलाई स्वर्ण

ओलम्पियन फूपूल्यामु खत्री भारतकी सुनिबाला देवीसँग पराजित हुँदा नेपालका रविन श्रेष्ठले नेपालका लागि आठौं दक्षिण एसियन जुडो च्याम्पियसिप प्रतियोगिता अन्तर्गत १ सय केजी मुनी तौल समूहमा शनिबार स्वर्ण पदक जितेका छन्।

करातेमा नेपाललाई ३ स्वर्ण

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

केही गर्ने स्वर्णिम समय

२००६ सालमा भारतको कलकत्तामा पुष्पलालश्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसपछिका १३ वर्षसम्म अविभाजित रहेको नेकपा २०१९ सालपछि विभिन्न चिरामा विभाजित भयो।

गीत चोरी प्रकरण : ‘दोषी’कै ठूलो स्वर !

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’

सरकारलाई स्वर्णिम अवसर

इतिहासमै पहिलोपटक बनेको ‘भरपर्दाे’ वामपन्थी सरकारलाई बधाइ र शुभकामना । अवसर र चुनौती धेरै नै छन् । गरिबी, अशिक्षा, बेरोजगारीसहितका जनताका समस्या सम्बोधनदेखि धेरै काम गर्नुपर्ने छ । मेरो नजरमा यो सरकारबाट गरिनुपर्ने, ध्यान दिनुपर्ने केही पक्ष :

पर्यटक आथित्यको नयाँ स्वरूप | ट्रेन्ड

आफ्नो खाली कोठा बेड एंड ब्रेकफास्ट सेवामा लगाई राम्रो व्यवासय संचालन गर्ने ट्रेन्ड नेपालमा पनि भित्रिएको छ र यस्तै सेवा विश्वभरीका पर्यटकहरुको पहिलो रोजाई बनेको छ ।

श्रीयालाई करातेमा स्वर्ण

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको ग्रल्स२० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जीविका भण्डारीलाई हराइन्।

युवालाई गाउँमै स्वरोजगार

जुम्ला मालापानी गाउँका जीवनवहादुर वुढा गाउँमै व्यस्त छन्। घर वनाउने मिस्त्री उनले गाउँमै घरका झयाल ढोका वनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने भौतिक संरचना निर्माणका काममा निकै खटिएका हुन्छ। ‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ उनले भने, ‘रोजगारी खोज्दै विदेशीनु भन्दा आफ्नै माटोमा मेहनत गरे सुखसँग बस्न सकिन्छ।’

स्वर्णिम क्षण र कोशेढुंगा

मधेस मात्र होइन, यतिखेर अन्य छ वटा प्रदेशहरूमा पनि नयाँ ऊर्जाशील राजनीतिक नेतृत्वको उदय भएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै समयक्रममा देखिँदै जाने यस्तै सकारात्मक प्रभावहरूले नै यसको स्वीकार्यता अझै बढाउँदै जानेछ । यही संविधानअनुसार भएको प्रदेशसभा निर्वाचनले नै मधेसमा स्वर्णीम क्षण ल्याएको छ र अपूर्व सम्भावनाको द्वार उघारेको छ।

एमालेले भन्यो- स्वराज भ्रमणको विरोध गर्नु व्यक्तिगत कुण्ठा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी फागुनमा नेपाल भ्रमणमा आउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्