४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकार निर्वाचनबाट डरायो: पूर्वमन्त्री पोखरेल

एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको दावी गरेका छन्।

चुनढुंगा उत्खनन गर्न र वनकाे रूख काट्न दिने सरकारकाे निर्णय

सरकारले जलविद्युतलगायत विभिन्न पूर्वाधार आयोजनाहरु निर्माण र सञ्चालनका लागि अवरोध हुने रुखहरू काट्नका लागि स्वीकृति दिने निर्णय गरेकाे छ। नदाह कोशी पुल, चतरा रुपनगर सडकको स्तरोन्नतिका लागि थप वन क्षेत्र प्रयोग गर्न दिने, चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि बैठकले गरेकाे छ।

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

तीन महिनाअघि एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार सरकारबाट पुरस्कृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता २३ खेलाडीका साथै मुख्य प्रशिक्षक ग्योटुको कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसाललाई चेक हस्तान्तरण गरेका थिए।

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

सेती नदी किनारको गाउँ बैतडीको ढुंगाडमा शनिबार ठूलो भिड थियो। जहाँ डोटी, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाको प्रभावित क्षेत्रका बासिन्दा जम्मा भएका थिए। उनीहरु उर्जामन्त्री जनार्दन शर्माको प्रतिक्षामा थिए।

सरकारी भवन गैरकानुनी

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका प्रधानमन्त्री कार्यालयलगायत सरकारी निकायले नक्सा पास नगरी भवन निर्माण गरेको पाइएको छ। सिंहदरबारका अधिकांश भवन नक्सा पास स्वीकृत नलिई निर्माण भएका छन्।

'महाधिवेशनसम्म राप्रपा सरकारमै'

राप्रपाले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई तत्काल सरकारबाट फिर्ता नबोलाउने भएको छ। राप्रपा अध्यक्ष कमल थापाले पार्टीको एकता महाधिवेशनपछि मात्र सरकारमा रहने वा अलग हुने निर्णय गरिने बताए। फागुन ६ गते राप्रपाको एकता महाधिवेशन हुने कार्यक्रम छ।

राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन्।

निर्वाचनको मिति चाँडाे घोषणा नगरे सरकारको औचित्य सकिन्छः नेता रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति चाँडो घोषणा नगरेमा सरकारको औचित्य समाप्त हुने बताएका छन्।

सरकार नै इमान्दार छैन

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण २०१९ फेब्रुअरीमा गर्ने आफ्नै निर्णयप्रति नेपाल सरकार इमान्दार नरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कृयाकलापले पुष्टी गरेको छ।

चुनाव घोषणा गर, नभए सरकार छाडः खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई कि चुनाव घोषणा गर्न, कि सरकार छाड्न चुनौती दिएका छन् । उनले सरकारले अहिले चुनाव नै नचाहेको भन्दै चुनावको मिति तोक्न नसके सरकार छाडेर ‘मार्ग प्रसस्त’ गर्न माग गरेका हुन् ।

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबले भोटिङ मेसिन किन्ने विषय सरकारको अधिकार भएको बताएका छन्।

निर्वाचन मिति घोषण गर्न सरकारले बहाना बनायो : खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विभिन्न बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नचाहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस एकाइ कमिटी इलाम शाखाले आज बिहान आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले सो कुरा बताएका हुन्।

मोहीले सरकारलाई बुझाउँछन् बाली धरौटी

जग्गा स्वामित्वमा विवाद भइरहँदा मोहीले बाली धरौटी तिर्दै आएका छन्। तल्सिङ (जग्गाधनी) र मोही (जग्गा कमाउने) बीच लामो समयदेखि किचलो भइराख्दा मोहीले सरकारी निकायमा बाली धरौटी राख्नुपरेको हो।

सरकारमा बस्ने औचित्य सकियाे, मन्त्रीहरू फिर्ता बाेलाउँछाैंः लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्।

सरकारको प्राथमिकता संविधान संशोधन : निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्