८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अनुदान बुझेर पनि बनाएनन् छानो

भूकम्पपीडितले भूकम्पको पूरै अनुदान बुझेर पनि घर निर्माणको काम पूरा गरेका छैनन्। सिन्धुली जिल्लामा हालसम्म २२ हजारभन्दा बढीले भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास बनाउन उपलब्ध गराइने तेस्रो किस्ताबापतको रकम बुझे पनि घरको छाना हालेका छैनन्।

द्वन्द्वपीडित भन्छन्: ‘सक्छौ घाउ मेटाऊ, नुन खुर्सानी नछर्क’

सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितसँग नजिक हुन पीडितसम्म पुगेको भन्दै वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा पीडितलाई खुलेर सुझाव दिन आग्रह गरे।

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।

बोनम्यारो पीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम

बोनम्यारोको समस्याबाट पीडित विरामीको सहयोगार्थ भर्‍याङ नाट्य मञ्च नेपाल र जनकल्याण प्रारम्भ नेपालले साँस्कृतिक कार्यक्रम गरेको छ। ललितपुर महांकाल गाउँपालिका–२ मानिखेलका १८ वर्षीय बोनम्यारो पीडित सुसान बजगाईको सहयोगार्थ शनिबार चापागाउँकै जनभावना क्याम्पस प्याङगाउँमा साँस्कृतिक कार्यक्रम गरिएको हो।

'संक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदा पीडित पक्ष थप आहत'

नेपालको संक्रमणकालीन न्याय सम्पादनमा बिलम्ब हुँदै गएकाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गम्भीर चासो व्यक्त गरेको छ। संक्रमणकालीन न्याय सम्पादन प्रक्रिया लम्बिँदा पीडित पक्ष थप आहत बनेको ठहरसमेत ओएचसिआरले गरेको छ।

सिन्धुलीका भूकम्प पीडितलाई ९ अर्ब ९ करोड बढी अनुदान वितरण

भूकम्प प्रतिरोधी घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा नौ अर्ब ९ करोड बढी रुपैयाँ अनुदान वितरण गरेको छ। २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि पीडितलाई ९ अर्ब बढी रकम वितरण भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

७९ प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता

जिल्लामा भूकम्प पीडित लाभग्राही सूचिमा ७७ हजार ४२ समावेश भएका थिए। त्यसमध्ये अहिलेसम्म ६१ हजार ५३ पीडित परिवारले तेस्रो किस्ता प्राप्त गरेका छन्।

लाभग्राही सूचीमा नपरेपछि भूकम्पपीडित अन्योल

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका पेम्बा छोवाङ तामाङको परिवार अहिलेसम्म पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएको छ।

खर्च अभावमा शुभचिन्तकको सहयोगले उपचार हुँदै

आगोले पोलेर एक महिनादेखि उपचाररात रौतामाई गाउँपालिका-३ लाफागाउँका हेमन्त पाठकलाई जिल्ला अस्पताल उदयपुरले थप उपचारार्थ काठमाडौं रिफर गरेको छ। बिग्रेको ट्याक्टर बनाउने क्रममा डेढ महिनाअघि सुनसरीको इनरुवास्थित ग्यारेजमा सुतेको समयमा मोविल घोप्टिएर आगलागी हुँदा २२ वर्षीय पाठकको शरीरको ४५ प्रतिशत भाग जलेको थियो।

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ।

प्रधानमन्त्री निवास अगाडि द्वन्द्वपीडितको धर्ना, ऐन संशोधन गर्न माग

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ।

सामुदायिक वन छाडेर गाउँ फर्कंदै भूकम्पपीडित

बिनासकारी भूकम्पपछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलोमा पुनःस्थापना हुन सहमत भएका छन्।

धमाधम बन्दै भूमिहीन भूकम्पपीडितका घर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका अनुसार सिन्धुलीमा भूमिहीन लाभग्राहीको संख्या तीन हजार छ। तीमध्ये अहिलेसम्म दुई हजार तीन सय ८० जनाले सम्झौता गरेर घर बनाउन थालेका छन्।

उखु किसान पीडितले गरे मन्त्री भट्टसँग गुनासो

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टसँग उखु किसानले चिनी मिलका सञ्चालकहरुले गर्दा आफूले सास्ती खेप्नु परेको भन्दै गुनासो गरेका छन्। आईतबार कलैया उपमहानगरपालिका-२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीमा अनुगमन गर्न र किसानहरुको समस्या बुझ्न मन्त्रालयका सचिवसहित आएका मन्त्री भट्टसँग किसानहरुले दुखेसो पोखेका हुन्।

उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता

ढाई वर्ष अगाडि पैसा कमाउन मलेसिया गएका एक युवा मृत्यु बोकेर घर फर्केका छन्। साहुसंग १ लाख ३० हजार ऋण गरेर बिदेशिएका रोल्पा नगरपालिका ३, बाजबिसौनाका २२ वर्षिय रेशम कवर उपचार गर्ने पैसो नभएपछि मृत्यु कुर्न घर आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्