१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता सन्तोष भण्डारीले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास भएको दुई महिना बढी वितिसक्दा समेत संवैधानिक परिषद्ले प्रधानन्यायाधीस नियुक्तिको कुनै पहल नगरेको भन्दै आइतबार रिट दायर गरेका हुन्।

मुख्यमन्त्री राउतको राजीनामा माग

नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन्।

निर्वाचन अघिको मौन अवधि हटाउन माग

निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएको छ।

गृहले माग्यो ढिलासुस्ती गर्ने ठेकेदारको सूची

गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमै काम नगर्र्नेे ठेकेदारको सूची एक साताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ठेकेदारले समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढेपछि मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

मुख्यमन्त्रीको राजीनामा माग

नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ।

अर्थमा योजना माग्नेको लर्को हट्यो

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो केहीले प्रवेश पाउँदैनन् । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउने गरी जुटेको महाशाखाले काममा अवरोध नहोस् भनेर करिब एक महिनाका लागि जो कोहीलाई प्रवेश नदिएको हो।

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

आजादलाई कारबाही गर्न माग गर्दै नेविसंघ आन्दोलित

भारतीय सांसद कीर्ति आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको पुनः मिति थपको माग

नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन्।

दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन्।

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक्जिम बैंकमार्फत उपलब्ध गराउने सहुलियत ऋणको विभिन्न सर्त हटाएर प्रक्रिया सरलीकृत गर्न भारतीय पक्षसँग प्रस्ताव गरेको छ।

भाजपा सांसदलाई कारबाहीको माग

भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्।

लालपुर्जा नभएका भूकम्प पीडितसँग सम्झौता गर्न माग

जग्गाधनी प्रमाणपुर्जा(लालपुर्जा) नभएका भूकम्प पीडित परिवारको बसोवास गरेको अन्य प्रमाणको आधारमा अनुदान सम्झौता गर्न राष्ट्रिय भुमि अधिकार मञ्चले सरकारसँग माग गरेको छ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राखी मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आइतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

दार्चुलाका सीमामा प्रहरी चौकी स्थापना गर्न नेता बडूको माग

प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको उत्तरी तथा दक्षिणी भेगमा भारत र चीनसँग सिमाना जोडिएका क्षेत्रमा सीमा प्रहरी चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्