पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’
जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो।
जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो।
यस क्षेत्रका केही किसानले अझै चौरी, याक र हिमाली गाईपालनलाई पेसा, व्यवसायकै रूपमा अँगाल्दै आएका छन्। दशकअघिसम्म पर्यटकीय गाउँ हेलम्बुको लेकाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय चौरीपालन नै थियो।
आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन्। त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन्।
हिमा गाउँपालिका–४ की सिद्धा शाही छुई (महिनावारी) भएको समयमा घरभित्रै बस्छिन्। अहिले छुई भएको समयमा गोठमा बस्दा हुुनसक्ने खतराबारे गाउँका महिलालाई सुझाउँछिन्। उनले भनिन्, ‘१३ वर्षको उमेरदेखि छुई भएको अहिले २७ वर्ष बित्यो, अधिकांश समय गोठमा बसें तर अहिले घरमै सुरक्षित रूपमा बस्न थालेकी छु।’
हिमा गाउँपालिका ४ की सिद्धा शाही महिनावारी भएको समयमा घरभित्र बस्छिन्। त्यति मात्रै होइन महिनावारी भएको समयमा गोठमा बस्दा हुुन सक्ने खतराका बारेमा गाउँका महिलालाई सचेत गराउँछिन्। महिनावारी हुन थालेको २७ बर्षमा अधिकांश समय गोठमा बस्दै आएकी शाही अहिले घरमै सुरक्षित रुपमा बस्न थालेकी हुन्।
चार महिना देखि अवरुद्ध रहेको गोठी ज्युला कालाकाँडा गम्था सडक खण्ड सोमवार देखि सुचारु भएको छ । जुम्लाको सिंजा गोठी ज्युला देखि मुगुको कालाकाँडा हुँदै खमाले गम्था जोड्ने सडक निर्माण गर्दा मुगु तर्फका नेताहरुले आसपासका वस्तिहरुमा विकास निर्माणका काम गरिदिने सहमति गरेका र अहिले सडक आसपास रहेका कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने लुम,गौरी, ओखरपाटा, बुडु , माझ बुडुलगायतका बस्तीहरुमा सडक जोड्ने सहमति भएपछि स्थानीयले गरेको अबरोध हटेको हो ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा रहेको गोठमा गएकी एक महिलाको चिप्लिएर भीरबाट खसेर मृत्यु भएको छ। कास्की रुपाकोट घर भएकी ४५ वर्षीया पुष्पादेवी खड्का छोरीको घर बेलचौतारा बस्दै आएकी थिइन्।
डोटीकी एक महिलाले छाउगोठमा ज्यान गुमाएकी छन्। महिनावारी (छाउ) भएर छाउगोठमा सुतेकी पूर्वीचौकी गाउँपालिका–५ काँडामान्डौकी २१ वर्षीया पार्वती बोगटीले ज्यान गुमाएकी हुन्।
तीन वर्षअघि वातावरण सुधार समाजको अगुवाईमा सुर्खेत र दैलेखका अधिकांस स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरियो। साविकका गाविस कार्यालयसँगको सहकार्यमा गाउँगाउँमा छाउगोठ भत्काइए। महिला समूह र धामी–झाँक्रीलाईनै छाउगोठ भत्काउन लगाइयो। तामझामका साथ छाउगोठमुक्त गरिएका गाउँहरुमा अहिले धमाधम छाउगोठ बनाउने अभियानै चलेको छ।
पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन्। रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे। महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामी झाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो।
छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?
जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्यांक संकलन सुरु गरेको छ। सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकाबाट प्रहरीले तथ्यांक संकलन थालेको हो। पहिलो दिन विमानस्थल सुरक्षा गार्ड कोल्टी, पिलुचौर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्तडीबाट टोली खटाइएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।
चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन्। उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ। सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको होइन्। ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन्,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ।’
सामान्यतयाः छाउपडी प्रथा पहाडी जिल्लामा मात्रै छ भन्ने धेरैको बुझाइ छ। तर यो प्रथा तराईका जिल्लामा समेत व्यापक मात्रामा देख्न सकिन्छ। तराईका ग्रामीण भेगमा बस्ने मात्रै हैन सहरबजारका महिलाले समेत छाउपडी प्रथा मान्दै आएका छन्।
बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।