६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

डुब्दा र पैनीले बगाउँदा दुईको मृत्यु

खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन्।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा ३१ वर्षे बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।

आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ।

दोर्दी खोलामा बाढी आउँदा ४ जनाको मृत्यु, दर्जन बढी सम्पर्क बाहिर

लमजुङमा बुधबार दिउँसो को अबिरल बर्षापछि दोर्दी खोलामा आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक क्षति भएको छ। पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो।

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषामा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको पुर्वी क्षेत्र गणेशमान चारनाथ नगरपालिका–२ विरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएका छन्। पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको हो।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन्।

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु

मंगलबार सिरहामा छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। तीन घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो खेतमा कोदालोले खेत सम्याइरहेका अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको चट्याङ लागेर मृत्यु भएको छ।

चट्याङ्बाट दुई जनाको मृत्यु

आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ् परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

गुल्मी पहिरो अपडेट : मृतककाे संख्या ८ पुग्याे

सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए।

पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।

५२५ घटनाः १९५ जनाको मृत्यु, ३५ बेपत्ता

यस वर्ष विपदबाट अहिलेसम्म  १९५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा तिनको मृत्यु भएको जानकारी दिए।

मन्दिरको छतले थिच्दा दुईको मृत्यु

जिल्लाको हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ।

दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङका तीन युवतीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्