सुरुङ्गा- खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै हिँडेको र घर नर्फकिएपछि खोजी गर्ने क्रममा घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत भेटिएका थिए।
त्यस्तै घरबाट गोठ जाने क्रममा चिप्लिएर पैनीमा खसेका जोशीलाई बगाएको प्रहरीले जनाएको छ। उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। रासस
प्रकाशित: ९ श्रावण २०७६ १०:५१ बिहीबार