६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

कर्णालीमा यू-१९ क्रिकेट छनोट प्रतियोगिता: सुर्खेत र सल्यानको विजयी सुरुवात

<br>

<br>

वाइवाई अन्डर–१९ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगीता अन्तर्गत सुर्खेत र सल्यानले विजयी सुरुवात गरेका छन्।

मंगलबार भएको पहिलो उद्घाटन खेलमा सुर्खेतले रुकुम पश्चिमलाई तीन विकेटले पराजित गर्‍यो भने दोस्रो खेलमा सल्यानले दैलेखलाई पराजित गर्‍यो।

कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा सुरु भएको पहिलो खेलमा रुकुम पश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ रोजेको रुकुम पश्चिम १७.१ ओभरमा ७९ रन बनाएर अल आउट भयो। रुकुमका अर्विन घर्ती र नवीन विकले समान २०–२० रन बनाए। रुकुम पश्चिमका बाँकी खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।

रुकुमलाई सस्तैमा समेट्ने क्रममा सुर्खेतका तीन विकेट लिए। तीन ओभर बलिङ गरेका पौडेलले एक ओभर मेर्डन राख्दै जम्मा पाँच रन मात्रै खर्चिए।

रुकुम पश्चिमले दिएको लक्ष्य सुर्खेतले १६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। महेश थापाले २२, आदिन्यविक्रम शाहीले १६ रन बनाएर आउट हुँदा रोशन शाहीले पाँच रनको योगदान दिए। यस्तै, भूपेन्द्र शाही १९ र नमन शाही पाँच रनमा नटआउट रहे।

यस्तै, दोस्रो खेलमा सल्यानले दैलेखलाई पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले २५ ओभरमा सात विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको दैलेखले सबै विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो।

प्रकाशित: ६ कार्तिक २०८१ २०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App